Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाग्लुङ्गमा ट्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

Published on 9:53:00 AM //

प्रेम सुनार
बाग्लुङ्गको सर्कुवा–५ मा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुइजनाको ज्यान गएको छ ।
दुर्घटनामा परी मृत्युहुनेमा जिल्लाको रायडाँडा गाविसका ट्याक्टर चालक अन्दाजी २० बर्षिय सन्देश थापा र छिस्तिकी अन्दाजी २२ बर्षिय एक महिला रहेकी छन् । मृत्यु हुने महिलाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि एक महिला गम्भिर घाइते भएकी छन् । बेहोस अवस्थामा रहेकी उनको नाम ठेगाना खुल्न नसकेको र उपचारका लागि प्राथमीक स्वास्थ्य केन्द्र कुश्मीशेरा तर्फ लगिएको प्रहरी चौकी कुश्मीशेराले जनाएको छ । कुश्मीशेरा बाट जैदीको धुल्लुका लागि समानलिएर गएको ध १ च ६९२१७ नंवरको ट्याक्टर सकुवा–५ माइकोस्थान नजिकै दुर्घटना भएको हो । घटना भएको जानकारी पाए लगत्तै प्रहरि चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुगेर उद्धार सुरु गरेको छ ।
ट्याक्टर सडक बाट २ सय मिटर तल भिरमा खसेको र उद्धार कार्यमा कठीनाई भइरहेको प्रहरी हवल्दार बिष्णु अधिकारीले बताए । उकालो बाटोमा मा ट्याक्टरमा समस्या आएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग