Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङका १६ गाविसमा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने

Published on 9:09:00 PM //

कबिता घर्ती मगर 
बुर्तिबाङ, ५ पौष । बागलुङ जिल्लाका १६ गाविसमा ग्रामिण युवा स्वारोजगार कार्यक्रम सञ्चालन हुने भएको छ ।
जिल्ला पशु सेवा कार्यालयले बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग गर्ने उद्धेश्यले युवा स्वरोजगार कोष विकास कार्यक्रम सञ्चालन गर्न लागेको कार्यालय प्रमुख लक्ष्मण घिमिरले बताउनुभयो ।
उहाका अनुसार युवालाई कुखुरा पालन, अण्डा, मासु तथा डेरी व्यवसाय सञ्चालन गर्नका लागि कार्यालयले अनुदान दिने बागलुङ नगरपालिका वर्डा नम्बर ७ र ८ का साथै, विहुँ, हटिया, खुङखानि, बोङगादोभान, बुर्तिवाङ, तमान, दुर्गातुन्डाँडा, निसि, रिघा, काडेवास, सकुर्वा, अमलाचौर, विनामारे, कुश्मिसेरा र दमेकमा कार्यक्रम सञ्चालन गरिनेछ ।
१८ वर्ष देखि ४० वर्ष सम्मका युवालाई उनिहरुले सञ्चालन गर्ने कार्यक्रम हेरी अनुदान रकम प्रदान गर्ने बताइएको छ । अनुदान प्रप्त गर्ने युवाले कम्तीमा ३ वर्ष अनिवार्य रुपमा व्यवसाय सञ्चालन गर्नु पर्ने र अनुदान रकम फिर्ता गर्नु नपर्ने बताइएको छ ।
युवा स्वोरगार कोष विकास कार्याक्रमका लागि बागलुङमा १३ लाख बजेट प्राप्त भएको र उक्त रकम युवाले सञ्चालन गर्ने कार्यक्रम हेरी अनुदान दिने बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग