Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङबाट ७ जना जनाले संविधान सभामा प्रतिनिधीत्व गर्ने

Published on 9:29:00 PM //

कबिता घर्ती मगर
पौष १६ । बागलुङ जिल्लाका ७ जना नेताले आगामि संविधानसभामा प्रतिनिधित्व गर्ने भएका छन् ।
संविधानसभामा बागलुङबाट नेपालि कांग्रेसका ४, राष्ट्रिय जनमोर्चाका २ र एकिकृत नेकपा माओवादी र नेकपा एमालेका तर्फबाट १÷१ जना सभाषदले संविधानसभामा प्रतिनिधित्व गर्ने भएको हुन् ।
जिल्लाका तिन निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ नेपालि कांग्रेसका पैयुपाटाका प्रकाश पौडेल, बागलुङ नगरपालिकाका हरि खड्का र बुर्तिवाङका ज्ञानकुमारी छन्त्याल विजयी भई संविधानसभामा पुग्न सफल हुनुभएको छ ।
समानुपातिक तर्फ नेपाली कांग्रेसका नगरपालिकाका रत्ना शेरचन, नेकपा एमालेका भकुण्डेका नरबहादुर थापा, एकिकृत नेकपा माओवादीका अर्गलका केशरी घर्ति एलिना, राष्ट्रिय जनमोर्चाका गल्कोटका चित्रबहादुर केसि र हुग्दीशिरका मिना पुन संविधानसभामा पुग्ने भाग्यमानी बन्नुभएको छ ।
अघिल्लो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभामा प्रतिनिधित्व गरेका एकिकृत नेकपा माओवादीका दिननाथ शर्मा र नेकपा एकिकृतका परि थापा यस पटक सभाषद बन्नुभएको छैन् ।
यस्तै बागलुङ जिल्लामा जन्मिए र काठमाण्डौमा स्थायी बसोबास रहेका महेन्द्र शेरचन पनि नेकपा एमालेका तर्फबाट समानुपातिक तर्फ सभाषदमा चयन हुनुभएको छ ।
तर समानुपातिक तर्फबाट सभाषद बन्ने चर्चामा रहेका नेपालि कांग्रेसका कोपिला बोहोरा, हरि श्रेष्ठ, नेकपा एमालेका गोविन्द्र नेपालि, मना केसि, एकिकृत नेकपा माओवादीका बलावति शर्मा अभागि ठहरीनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग