Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली समाज जापानले रमझमका साथ नयाँ वर्ष मनायो (फोटो फिचर)

Published on 9:24:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १६ पुस । गुल्मेली समाज जापानले नव वर्ष २०१४ को अवशरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ । गुल्मीवाट काम तथा अध्यनको शिलसिलामा जापान पुगेका गुल्मेलीहरुसँग प्रत्यक्ष रुपमा सामिप्यता वढाउने उद्देश्यले पहिलो पटक समाजले जापानमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

गुल्मेली समाज जापानका अध्यक्ष राजु ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम टोकियो स्थित खानापिना रेष्टुरेण्ट बागुरोच्योमा डिसेम्वर ३० गते आयोजना गरिएको संस्थाका सचिव विपिन घिमिरेले जानकारी दिनु भएको छ । सधै आआफ्नोकाममा समय विताउनु पर्ने वाध्यता वस उक्त दिन गुल्मेलीहरुले नयाँवर्षको आगमनलाई मिठामिठा परिकारको स्वाद र नाचगान एवं दोहोरी गीतहरु गाएर हर्षोल्लास पुर्वक मनाएका हुन् ।


कार्यक्रममा सहभागि हुनकालागि समाजले यस अघि नै सवै गुल्मेली र शुभचिन्तकहरुलाई आमन्त्रण गरेको थियो । “पहिलो पटक यस्तो प्रकारको कार्यक्रम आयोजना गरियो तर यति सानदार रुपमा सम्पन्न होला भन्ने हामी पनि सोचेका थियनौं”, कार्यक्रम सफल भएपछि खुसि व्यक्त गर्दै समाजका अध्यक्ष ढकालले भन्नु भयो ।

कार्यक्रममा समाजका अध्यक्ष राजु ढकाल एवं सन्तु न्यौपाने र गुणराज सापकोटा(शंकर) ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने संचालन समाजका सचिव विपिन घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा चर्चित लोक कलाकारहरु सुर्य खड्का, श्याम खत्री, आर.सी कुँवर लगायतका कलाकारहरुले गीत तथा दोहोरी गायर कार्यक्रमलाई थप रौनकता प्रदान गर्नु भएको थियो । कार्यक्रममा १० वर्ष भन्दा कम उमेरका वालवालीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो भने अन्य व्यक्तिहरुलाई रु २ हजार येन प्रवेश शुल्क राखिएको थियो । उक्त समारोहमा विभिन्न क्षेत्रवाट प्रतिनिधित्वमूलक सहभागिता समेत रहेको थियो ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग