Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नौमती र पञ्चेबाजा बजाउँदा बालबालिकाको प्रयोग नगर्न आग्रह

Published on 1:41:00 PM //

सामाजिक उत्सवहरुमा बजाइने नेपाली नौमती र पञ्चेबाजामा  बालबालिकाको प्रयोग नगर्न र गर्न नदिन सचेत दलित अगुवाले आग्रह गरेका छन् ।

समाजमा हुने विवाह, व्रतबन्ध, पास्नी तथा अन्य विभिन्न उत्सवमा नेपाली पञ्चेबाजाको प्रयोग गर्नु सुखद् भए पनि बाजा बजाउने कार्यमा बालबालिकाको प्रयोगले बालअधिकारको उल्लङ्घन भएको भन्दै सचेत अगुवाले प्रयोग नगर्न र गर्न नदिन आग्रह गरेका हुन् ।

सामाजिक उत्सवमा नेपाली सांस्कृतिको धरोहर राष्ट्रिय बाजाको रुपमा प्रयोग गरिने नौमती एवम् पञ्चेबाजा बजाउने कार्य गौरवपूर्ण भए पनि सदस्य टोलीमा नाबालकलाई यत्रतत्र प्रयोग गरिने गरिएको दलित पत्रकार सञ्जाल पूर्वाञ्चल संयोजक बिरु दर्नालले बताउनुभयो ।

दलित अगुवाले समाजका सबै सचेत व्यक्तिले बाजा बजाउने कार्यमा बालबालिकाको प्रयोग भएको पाइए सम्झाइबुझाई गर्न र नमान्नेलाई कानुनी निकायमा उजुरी दिन आग्रह गरेका छन् ।

पञ्चे र नौमतीबाजा नेपालमा दलित समुदाय खासगरी परियारले बजाउँदै आएको पुख्यौली पेसा हो । सीमान्तकृत गरिबीको रेखामुनि रहेको यो समुदायले पेट पाल्नका लागि आफूसँगै बालबालिकाको पनि प्रयोग गर्दा उनीहरु पढ्ने लेख्ने अधिकारबाट वञ्चित हुँदै आएका छन् । खासगरी सानो ढोल, टयाम्का, झयाम्टा बजाउन बालबालिकाको प्रयोग गर्ने गरिएको छ ।

सर्वत्र बालबालिकाको सर्वोत्तम हित र अनुचित प्रयोगको बारेमा अधिकारकर्मीले आवाज उठाइरहे पनि बाजा बजाउँदा बालबालिकाको प्रयोग भइरहेकोबारे सरोकारवालाको ध्यान पुगेको पाइएको छैन । रासस


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग