Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस्तीमा आतङ्क मच्चाउँदै आएको बाघ नियन्त्रणमा

Published on 1:39:00 PM //

चितवनको माडीस्थित गर्दी र बघौडाका क्षेत्रमा आतङ्क मच्चाउँदै आएको भाले बाघ चितवन निकुञ्जले नियन्त्रणमा लिएको छ । विगत केही महिनादेखि माडीको गर्दी र बघौडाका क्षेत्रमा आतङ्क फैलाउँदै र पशु चौपाय खाँदै आएको बाघ चितवन निकुञ्जलका प्राविधिक टोलीले आइतबार दिनभरको प्रयासमा नियन्त्रणमा लिएका हुन् ।

घाइते अवस्थामा फेला परेको बाघलाई बेहोस (डाट) गराएर माडीको शीतलपुरबाट नियन्त्रणमा लिइएको चितवन निकुञ्जले जनाएको छ । प्राविधिकले अर्को भालेबाघको आक्रमणमा परेर निरीह भएकाले बाघ बस्तीतर्फ आएको अनुमान गरेका छन् ।

लगातार बाघ बस्तीमा पसेर पालुवा जनावरलाई आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि आज रातिदेखि टोली परिचालन गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् प्रवक्ता टीकाराम पौडेलले जानकारी दिनुभयो ।

घाइते अवस्थामा बाघ फेला परेकाले उपचारपछि आवश्यक काम अगाडि बढाउने उहाँले बताउनुभयो । अहिले बाघलाई निकुञ्ज कार्यालय कसरामा राखिएको छ । निकुञ्जले पाँच हात्तीसहित दर्जनौं प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिइएको पौडेलले जानकारी दिनुभयो । वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने माडीको गर्दी, बघौडा, अयोध्यापुरीको देवेन्द्रपुर र त्यसको दक्षिण क्षेत्रको बस्तीमा विगत लामो समयदेखि बाघले आतङ्क मच्चाइरहेको थियो । रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग