Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संविधान निर्माणमा दवाव दिन भन्दै बागलुङमा हस्ताक्षर अभियान सुरु

Published on 10:09:00 PM //


कबिता घर्ती मगर
बुर्तिबाङ, पौष १३। संबिधान सुचना केन्द्र बागलुङले समयमै संबिधान निर्माणको लागि हस्ताक्षर अभियान सुरु गरेको छ ।
पहिलो संबिधानसभा द्धारा प्राप्त उपलव्धिलाई संस्थागत गरौं , तोकीएकै समयमा संबिधान निर्माण गर भन्ने नाराका साथ केन्द्रले हस्ताक्षर अभियान चलाएको हो ।

शुक्रबारबाट बागलुङमा सुरु नेपाल जेसिजको ४० महाधिबेशन कक्षा भित्रै हस्ताक्षर केन्द्र राखेर अभियानको सुरुवात गरीएको हो । अभियानमा पुर्व प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका नेता सेरबहादुर देउवा, पुर्व अर्थ सचिव रामेश्वर खनाल,बागलुङका सभासद्हरु प्रकाश शर्मा पौडेल, हरिबहादुर खड्का र ज्ञानकुमारी छन्त्याल, प्रमुख जिल्ला अधिकारी कौलाशनाथ खरेल,  लगायतले हस्ताक्षर गरेका छन् ।
 केहीदिन हस्ताक्षर अभियान चलाईने र केन्द्रको ज्ञापन पत्रसहित हस्ताक्षरलाइ सरकार समक्ष पठाउने तयारी रहेको केन्द्रका राम शर्माले बताउनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग