Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विगतको योगदानले गिज्याएको छ : झाँक्री

Published on 3:11:00 AM //

बिशाल भट्टराई 
गुल्मी– गुल्मीमा जन्मिएर एमालेको विद्यार्थी राजनीतिमा होमिएकी रामकुमारी झाँक्रीले एमालेको समानुपातिक सभासद्को सूचीमा नपरेपछि आफूलाई विगतमा गरेको योगदानले गिज्याएको बताएकी छन्। उनले फेसबुकमार्फत् पार्टीको निर्णयले आफू आश्चर्यमा परेको बताएकी छन्। 

अनेरास्ववियुकी पूर्व अध्यक्षसमेत रहेकी झाँक्रीले आफूले एमालेको राजनीतिमा रत्नपार्कमा बगाएको रगत बिष्णुमतिको पानी भएको टिप्पणी गरेकी छन्। 'राजनीति निर्मम हुन्छ जहाँ मानिसको कुनै रगत, पसिना, आँशु र इतिहासको मूल्य हुँदैन भन्ने सुनेकी थिएँ,' उनले आफ्नो फेसबुकमा लेखेकी छन्, 'मेरो रत्नपार्कमा पोखिएको रगत पनि मेरो पार्टीका लागि विष्णुमतिमा बगेको पानीजस्तै भएछ।' साथै उनले पार्टीको निर्णयले आफ्नो विश्वास नडगमगाएको भन्दै उनले परिवर्तनको आन्दोलनमा लागिरहने बताएकी छन्।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग