Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लिस्नोमा झुण्डिएर ११ बर्षिया बालिकाको मृत्‍यु

Published on 12:49:00 AM //

शान्ति छन्त्याल
बुर्तिवाङ, मंसिर २४ । सोमबार विहान बागलुङको बुतिर्वाङ गाविसमा एक बालिकाको झुण्डिएर मृत्यु भएको छ । विहान ७.३० बजेको समयमा लिस्नो (भरेङ)मा झुण्डिएको अवस्थामा ति बालिकाको शव भेट्टिएको परिवारिक श्रोतले बताएको छ ।
बुर्तिवाङ गाविस १ खप्तडीवाङकी वर्ष ११ की लक्षिमा कुमाल घरको लिस्नोमा घाँटीमा गम्छा (सल)ले बेरिएर झुण्डिएको अवस्थामा फेला परेकी हुन । घरमा आँखा नदेख्ने बृद्ध हजुरआमा मात्र रहेकी र उनी ढोकाबाट भित्र पस्दा लक्षिमाको झुण्डिएको शरीरमा ठोक्किएपछी ‘किन उभिएर बसेकी छस?' भनेर सोद्धा केहि जवाफ नदिएपछी उनले अर्की नातिनीलाई बोलाएकी थिईन ।
दिदी आएर हेर्दा झुण्डिएकी लक्षिमाको शरीरमा अलिअलि तातो रहेकोले हतार हतार अस्पताल लैजाने तयारी गर्दा मृत्यु भैसकेको भनेपछी उनको शवलाई घाटतिर लगिएको थियो । झुण्डिएकी लक्षिमाको खुट्टाले भूँइ नछोएको, गम्छाको एक टुप्पो लिस्नोमा बेरिएको र एक टुप्पा उनको घाँटीमा बेरिएको प्रत्यक्षदर्शीले बताएका छन् । लक्षिमा लिस्नोबाट ओर्लन लाग्दा गम्छा लिस्नोमा बेरिएर झुक्किँदा एक्कसी तल खसेर झुण्डिन पुगेको पारिवारिक श्रोतको भनाई रहेको छ । लक्षिमा स्थानीय उत्तरगंगा उमाविमा कक्षा ४ मा अध्ययनरत थिईन् । उनको अवस्था सामान्य थियो ।




1 comment

  1. १६ वर्ष मुनिको वालिका हुन्छ किसोरी हुँदैन कि ?

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग