Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छाप्रामा रहेको बिद्यालयलाई भवन अभाव

Published on 7:29:00 AM //

प्रेम सुनार
गुल्मी ९, पुस । स्थापना भएको ३५ वर्ष सम्म पनि सबन्धीत निकायबाट ओझेलमा परेर बाँसको छाप्रोमा विद्यार्थी पढाउन बाध्य यहाँको एक विद्यालयलयलाई भवनको अभाव खड्किएका छ ।
 २०३५ सालमा स्थापना भएको हस्तीचौर ८ को पालुखा माध्यामिक विद्यालयलयलाई भवनको अभाव खड्किएको हो । ‘चार कोठे पक्की भवन, अर्को दुई कोठे भवन निर्माणधिन अवस्थामा छ ’–प्रधानध्यापक  सुरेन्द्र पाण्डेले भने–‘त्यो सम्पन्न भए पनि आधा जसो विद्यार्थी त्यही पुरानो बाँसको झाप्रोमा बसेर पढ्न बाध्य हुने छन् ।’
    क्षेत्र नम्वर ३ का पुर्व सभाषद चन्द्रबहादुर थापा ( सागर) को पहलमा एउटा भवन परे पनि त्यो रकम क्रमागत रुपमा आउने भएकोले भवन निर्माणको काम अवरुद्ध हुँदै आएको पाण्डेले बताए । १५ लाख लागतको भवन परेकोमा गत वर्ष २ लाख र यस वर्ष १ लाख मात्रै परेकोले समस्या आएको उनको भनाई छ ।
  ३ सय ८ जना विद्यार्थी रहेको त्यस विद्यालय जिल्ला कै दयानिय भौतिक पुर्वधार रहेको विद्यालयमा पर्दछ । ‘जम्मा एउटा मात्र शौचालय परेको छ’– विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दलबहादुर कुँवरले भने–‘ यस पाली जिल्ला शिक्षा कार्यालयबाट ब्लक र भवन मर्मत रकम विनियोजन हुन गईरहेकोले आज विद्यालय परिवार जिल्लाका सवै दलहरुको कार्यालयमा डेलिगेशन गर्न आएका छौं । ’
 उनिहरु मंगलवार नेपाली कांग्रेस , नेकपा एमाले , एमाओवादी लगायतका पार्टी कार्यालयमा डेलिगेशन आएका हुन् । श्रोत ब्याक्ति बिनबहादु गौतम त्यसै गाउँको भएर पनि बरु त्यस श्रोत केन्द्र अन्तर्गतका अन्य बिद्यालयमा भवन पर्ने गरेको तर त्यहाँ नपरेको ब्यवस्थापन समितिका पदाधिकारी र प्रअले गुनोसो गरे ।
  गौतमले भने यस अघिको भवन आफैले अगुवाई गरेर बनाएको र सबै बिद्यालयलाई समान ढंगले हेर्नु पर्ने बताउँदै आएका छन् । पालुखा माध्यामिक विद्यालय जैसीथोक , अर्खलेको केहि भाग र हस्तीचौरको छल्दीटार र ईस्मा रजस्थलको हुलाके सम्मका विद्यार्थीहरुले पढ्ने विद्यालय हुँदा हुँदै पनि पहल गर्ने नेताहरुको अभाव  र जिल्ला शिक्षा कार्यालयको समेत बेवास्तका कारण ओझेलमा पर्दै आएको स्थानियवासीको गुनासो छ ।
   जिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद अर्यालले  त्यस विद्यालयमा छाप्रोमा पढ्दै गरेका विद्यार्थीहरुको समाचार प्रकाशित भएपछि गत वर्ष एउटा ब्लक पार्नमा समितिमा पहल गरेका थिए ।
     

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग