Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चोरीको मोबाइल सस्तोमा किन्दा प्रहरी खोरमा

Published on 5:07:00 AM //

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले मोबाइल चोर्ने र चोरेका मोबाइल बिना बिल खरिद गर्ने मोबाइल पसलेलाई पक्राउ गरेको छ।
महाशाखाको पिलर दुईबाट खटिएको प्रहरी टोलीले मोबाइल चोरेको आरोपमा काठमाडौंका अमित तुलाधर र सिन्धुपाल्चोकका सागर लामालाई पक्राउ गरेको हो। तुलाधर र लामाले कुरियर मार्फत सिरहा पठाउन बसमा लोड गरेको कार्वन कम्पनीका १३७ थान मोबाइल मंसिर ११ गते चोरेको आरोप छ।

प्रहरीले चोरीका उक्त मोबाइल खरिद गरेको भन्दै गुर्जुधारास्थित इअन मोबाइल्सका सञ्चालक सानु कृष्ण मर्हजन र गगन मानन्धरलाई समेत पक्राउ गरेको छ। मोबाइल सञ्चालक महर्जन र मानन्धरले सस्तो मूल्यमा जानाजान चोरीका मोबाइल खरिद गरेको प्रहरीले जनाएको छ।

महाशाखाका प्रहरी नायव उपरीक्षक ओम अधिकारीले चोर्ने र खरिद गर्ने दुवैलाई एकै महल अन्तर्गत कारवाही गरिने बाताए। 'हामी मोबाइल पसले र चोरहरुबीच सॉठगाठका बिषयमा समेत अनुसन्धान गर्दैछौँ, अन्य घटनामा संलग्नता समेत खुल्न सक्छ', डिएसपी अधिकारीले भने।

प्रहरीले १२७ थान कार्वन कम्पनीका मोबाइल, ५६ हजार नगद र बा३२ प ३४०३ नम्बरको एफजेड मोटरसाइकल समेत बारमद गरेको छ । -अन्नपूर्ण पोस्ट दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग