Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चार महिनामै लक्ष्यभन्दा चौध करोड बढी राजस्व सङ्कलन

Published on 8:35:00 PM //

काठमाडौँ, मङ्सिर २२। चालु आर्थिक वर्षको पहिलो चौमासिक (कात्तिक मसान्त) सम्ममा लक्ष्यभन्दा बढी रु १४ करोड राजस्व सङ्कलन भएको छ।
अर्थ मन्त्रालयले पहिलो चौमासिकसम्ममा रु ९४ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ९४ अर्ब ३२ करोड सङ्कलन भएको छ। गत आ.व.को सोही अवधिमा रु ७८ अर्ब ३ करोड ३२ लाख राजस्व सङ्कलन भएको थियो।
अर्थ सचिव शान्तराज सुवेदीको अध्यक्षतामा आज अर्थ मन्त्रालयमा भएको चौमासिक समीक्षा बैठकमा राजस्व महाशाखाले प्रस्तुत गरेको प्रगति विवरणअनुसार भन्सार महसुल रु २० अर्ब २ करोड ६० लाख, मूल्य अभिवृद्धि कर रु ३१ अर्ब ३९ करोड ८६ लाख, अन्तःशुल्क रु १४ अर्ब र आयकर रु १२ अर्ब ७० करोड १४ लाख सङ्कलन भएको छ। त्यसैगरी, गैरकर राजस्वतर्फ कात्तिक महिनासम्ममा रु ११ अर्ब १८ करोड ३७ लाख सङ्कलन भई गत वर्षको तुलनामा ४७.३३ प्रतिशतले बढेको जनाइएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग