Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा छ जनाको मृत्यु

Published on 12:19:00 PM //

काठमाडौँ, मङ्सिर १७ गते  । रामेछाप जिल्लाको रामपुरबाट सदरमुकाम मन्थलीतर्फ आइरहेको बा२ख ३१६६ नम्बरको यात्रुबाहक बस आज बिहान सुकाजोर गाविस–६ मा दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रामपुरबाट यात्रुसहित सुन्तला लिएर सदरमुकामतर्फ आइरहेको सो बस सडकबाट २०० फिट तल खोल्सामा खसेको बताइएको छ । सो दुर्घटनामा करिब १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका यात्रुहरूको पुरानो सदरमुकाम रामेछापस्थित अस्पतालमा उपचार भइरहेको रामेछाप जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुन्दर भट्टराईले जानकारी दिनुभयो । दुर्घटनास्थलमा स्थानीय जनता, नेपाली सेना र प्रहरीबाट उद्धार कार्य भइरहेको बताइएको छ ।
दुर्घटनासम्बन्धी विस्तृत विवरण भने आउन बाँकी नै रहेको भट्टराईले बताउनुभयो । -रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग