Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषि वालीमा विषादिको प्रयोग बढेको भन्दै सरोकावाला चिन्तित

Published on 12:11:00 AM //

राम सुबेदी  
बागलुङ । बागलुङ जिल्लामा कृषि बालिमा विषदिको प्रयोग बढेको भन्दै सरोकारवाला चिन्तित बनेकाछन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष विषदिको प्रयोग उल्लेख्य मात्रामा बृद्धि भएको जनाइएको छ ।
बागलुङमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष झोल विषदी ८ दशमलव ९ प्रतिशत र धुलो विषदीको प्रयोग ५२ दशमलव ९४ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा १ सय ८० लिटर प्रयोग भएको झोल विषदी यस वर्ष १ सय ९५ लिटर प्रयोग भएको छ भने गत वर्षमा १ दशमलव ७ मेट्रिक टन प्रयोग भएको धुलो विषादी यस वर्ष २ दशमलव ६ मेट्रिक टन प्रयोग भएको बरिष्ट बालि संरक्षण अधिकृत प्रदिप कुमार भण्डारीले जानकारी दिनुभयो ।
बागलुङमा फलफुलमा दहिक, मेटासिड, रोगर, व्लाईटक्स सिकि, तरकारीमा हाइट फ्लाई, खाध्यबालिमा डिसिस, फोलोरो पारिफस नामक विषदी बढिमात्रामा प्रयोग हुदै आएका छन् । बागलुङमा हाल २२ विषदीको खुद्रा पसलहरु रहेकाहेका छन् ।
जिल्लामा यस वर्ष बालिमा बढि रोगको प्रकोप देखिएका कारण विषदीको प्रयोग बढेको भण्डारीले जानकारी दिनुभयो । मकैमा फौजि किराको आक्रमण र धानमा गवारो रोगको प्रकोपका कारण यस वर्ष जिल्लामा विषदीको प्रयोग बढेको उहाँको भनाई रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग