Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अहिलेको चुनावमा पैसाले बबाल गरेको एमाओवादी नेता वरालको आरोप

Published on 3:59:00 AM //

प्रेम सुनार
गुल्मी २३ मंसिर । मतदातालाई धन्यवाद ज्ञापन गर्न पुगेका एकिकृत नेकपा माओवादीका नेता एवं संविधान सभा चुनावमा गुल्मी क्षेत्र नम्वर १ का उमेदवार सुदर्शन बरालले यसपालीको चुनावी पैसाको कमाल भएको आरोप लगाएका छन् । उनले आईतवार सो क्षेत्रको खैरेनीमा भएको २ नम्वर ईलाका स्तरिय समिक्षा बैठकमा यस्तो बताएका हुन् । सम्पन्न संविधान सभा चुनावको समिक्षा एवं मतदाता भेटघाट कार्यक्रमलाई सम्वोधन गदै वरालले षडयन्त्र र पैसाको खेल भएको भन्दै बेलैमा त्यो बुझन र रोक्न नसक्नु आफ्नो पार्टीको पनि कम्जोरी रहेको बताए । उनले गाउँका जनताको दुख सुखमा साथ दिदै आएका उमेदवारहरुले नजितेर काठमाण्डौमा आलिसान महलमा बसेकाहरुले चुनाव जित्नुले त्यसको पुष्टी गर्छ’–उनले यस्तो जिकीर समेत गरे ।
सो ईलाका अन्तरगत जुनिया, जोहाङ्ग, हसरा, लिम्घा, अस्लेवा र ठुलोलुम्पेक गाविसका अगुवा कार्यकर्ताहरुसंग उनले कार्यकर्ताहरुसंग चुनाव सम्वन्धी रिपोर्टिङ्ग गरेका थिए । रिर्पोटिङ्गका क्रममा कार्यकर्ताहरुले मतदान गर्ने बेला सम्म तेश्रो सुरुक्षा घेरामा रहेको सेना मतपेटीका सदरमुकाम लैजाने क्रममा कसैलाई बस्न नदिएर नियन्त्रणमा लिएको प्रति आसंका लागेको बताएका थिए । २०३६ सालमा बहुदल निर्दलको चुनाव बाहेक अहिले सम्मका अरु चुनावमा सेना वा प्रहरीले राजनैतिक दलका प्रतिनिधी नराखी आफुहरुले मात्रै मतपेटीका हिडालेको नदेखेको भन्दै यस पाली सुरुक्षा निकायको यो रवैयाले आशंका गर्ने ठाउँ प्रशस्त रहेको अस्लेवाका अगुवा कार्यकर्ता शेरबहादुर चौहानले बताए । चुनावको अघिल्लो रात विपक्षीहरुले पैसा बाँडेको, भोज भतेर गरेको त्यहाँका कार्यकर्ताहरुको आरोप थियो ।
कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार पुर्णबहादुर रानाले षडयन्त्र पुर्वक भएको चुनावको हारबाट कार्यकर्ताहरुले मनोवाल नगिराई परिर्वतनका पक्षमा लाग्न निर्देशन दिएका थिए । कार्यक्रममा सो क्षेत्रका संयोजक युवराज के.सी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष घनश्याम खरेल लगायतले मन्तब्य राखेका थिए ।

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग