Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासी आईडल सिजन २ बर्दघाटमा सम्पन्न, गायनमा बिनोद र नृत्यमा दुर्गा प्रथम

Published on 7:13:00 PM //

कृष्ण बिसी
नवलपरासी, पौष ६ । नवलपरासी आईडल सिजन-२  को सिनीयर गायनमा बिनोद बिक र नृत्य तर्फको सिनीयरमा दुर्गा थापा प्रथम भएका छन । सिनीयर गायनमा अमुल बराल दोश्रो,दिपक सुनार तेश्रो भएका छन भने सिनीयर नृत्यमा सुजु आले दोश्रो र पुजा गहतराज तेश्रो भएका छन । जुनियर गायनमा पुनम भुसाल प्रथम भएकी छन भने नृत्यको जुनियरमा शारदा रेग्मी प्रथम, सनुजा हमाल द्धितीय,स्वस्तीका भट्टराई तृतिय भएका छन ।
श्रुती संगित बिद्यालय माकर बर्दघाटको आयोजना,नमस्ते डिर्पाटमेन्टल स्टोरको प्रस्तुती नवलपरासी आईडल सिजन २ दाउन्ने पार्टी प्यालेसमा फाइनल प्रतिस्पर्धा सम्पन्न भएको हो । ३०० जनाको सहभागिता रहेको उक्त आईडलको फाईनलमा १५ जनाले प्रतिस्पर्धा गरेका थिए । आईडलको गायन तर्फको निर्णायक, कलाकार लोक बहादुर मिजार,मदन बिष्ट रहनुभएको थियो । त्यस्तै नृत्य तर्फ हरि शाक्य लगाएतले मुल्याङकन गर्नुभएको थियो । आईडलमा प्रथम, द्धितीय तृतिय हुनेले नगद पुरस्कार सहित शिल्ड सहित सम्मान  गरिएको थियो ।
श्रुति संगित बिद्यालयका अध्यक्ष इन्द«प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा बोल्दै बिद्यालयका ब्यवस्थापक लोक बहादुर मिजारले निरन्तर गित सगिंतको सरक्षण र सर्बद्धनका लागी आफुहरु लागि परेको बताउनुभयो । त्यस्तै कार्यक्रमका बोल्दै प्रमुख अतिथी समाजसेवी धर्माङगत शर्माले हरेक कुरामा सफलता प्राप्तीका लागी मिहीनेत गर्नुपर्ने भन्दै सफलता असफलता दुबैलाई सहजरुपमा स्वीकार्नुपर्ने बताउनुभयो । कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी अञ्चल उपाध्यक्ष उत्तमध्वज जिसी, सुनचाँदी कारिगार संघ बर्दघाटका अध्यक्ष गुडु सुनार, पत्रकार, बुद्धिजिवी, बिद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।
आईडलको मुख्य प्रायोजक किसान पाईप प्रोडक्सन प्रालि, सहप्रायोजक लालीगुरास सुनचाँदी पसल, गोल्डेन प्रायोजक सुनचाँदी कारिगार सघं बर्दघाट लगाएत अन्य ब्यापारीक सघंसस्थाको सहयोग रहेको आयोजकले बताएको छ । बिद्यालयका ब्यवस्थापक मिजारको स्वागत मन्तब्यसगै सुरु भएको कार्यक्रमको सञ्चालन नारायण भण्डारी र सगिता थापाले गर्नुभएको थियो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग