Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईमा "एक नेपाली एक दिराम" अभियान मार्फत अक्षय कोष खडा गरिने

Published on 3:00:00 AM //

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । युएईस्थित कार्यरत नेपालीहरुप्रति आई पर्ने समस्याहरुको सहयोग र समाधानका लागि सन् १९९० ताका स्थापना गरिएको नेपाली समाज युएईले दुई दशक पार गरिसकेको छ । युएईस्थित क्रियाशील विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै प्रवासी नेपालीहरुप्रति आई परेका समस्याहरुको समाधान गर्दै विभिन्न चाड पर्वहरुलाई पनि मनाउदै आएका छन् ।

गएको २० डिसेम्बर शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाली समाज युएईले “एक थोपा पसिना नेपाल र नेपालीको लागि” भन्ने बिषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रिया कार्यक्रम विभिन्न संघ संस्थाहरुको प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा भएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले गर्नुभएको थियो भने अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए । सो कार्यक्रमलाई सोही समाजका केन्द्रीय सचिव हरि खनाले संचालन गर्नु भएको थियो । गत १६ अप्रिल २०१३ मा भएको नेपाली समाज युएईको निर्वाचनबाट बनेको नयां कार्यसमितिको आफ्नो कार्यकाल ८ महिना पूरा भएको र आजसम्म भएका गतिवितिहरुको लेखा जोखा गर्दै आगामी योजनाहरुलाई मूल रुप दिनका लागि सो अन्तरक्रिया कार्यक्रम गरिएको हो । युएईमा कार्यरत प्रत्यक नेपालीहरुबाट एक दिराम संकलन गरी अक्षय कोषको व्यावस्था गर्दै परिआउने उद्धार कार्यहरुमा सो रकम प्रयोग गरिने अभियानलाई सबैले उपयुक्त रहेको बताए ।

युएईस्थित कार्यरत लगभग दुई लाख नेपालीहरुको साझा संस्था नेपाली समाज युएईले धेरै भूमिकाहरु निर्वाह गर्नु पर्ने भएकाले पूर्व अग्रज कार्यकताहरुको सल्लाह र सुझावको पनि अपरिहार्य रहेको देखिन्छ । नयां कार्यसमितिले मुख्य रुपमा बिधानलाई संशोधन गर्ने, सदस्यताको व्यावस्था गर्ने, उपसमितिहरु निर्माण आदिहरुमा सबैको सुझाव रहेको थियो ।

अध्यक्ष कार्कीले विगतदेखि आफु समाजको नजिक रहेता पनि गहन जिम्मेवारी भने पहिलो पटक भएकाले सबैको सल्लाह, सुझाव र सहयोगको अपील पनि गरेको छ । नेपाली समाजमा अहिले धेरै कार्य योजनाहरु रहेको र यसलाई मूर्त रुप दिनको लागि सबैको सहयोगको अपेक्षा गर्दै, सबैले देखाएका टुत्री, कमिकमजोरीबाट आफुलाई मलजल मिलेको भन्दै कार्यक्रम सफल भएको बताए ।
सो अवसरमा आ–आफ्ना मन्तव्य राख्ने वक्ताहरुमा लक्ष्मण भण्डारी, श्याम पोखरेल, बद्रीप्रसाद खत्री, चन्द्रप्रसाद सापकोटा, अर्जुन दाहाल, गोपाल कंडेल, राजु खड्का, पिताम्बर पाण्डे, कृष्ण ढकाल, त्रिलोचन कोइराला, भुवन गुरुङ, अम्विका भण्डारी, बिष्णुप्रसाद आचार्य, दीपक पौडेल, विदुर रावत, यमलाल पंगेनी र ज्ञानेन्द्र बहादुर कार्की रहेको थियो ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग