Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्यवसायीक केरा खेतीबाट लाखौ आम्दानी गर्दै कुश्मीसेराबासी

Published on 9:14:00 PM //

कबिता घर्तिमगर 
बुर्तिबाङ, पौष ०४ । जिल्लाका कुश्मीसेराका स्थानियबासीहरु परम्परागत खेती प्रणालीबाट नियमित आम्दानी हुन छोडेपछि धान फल्ने खेतमा केराको व्यवसायिक खेती गरेर बार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । कुश्मीशेरा–२ का कृषक डिल्लीप्रसाद शर्माले धान लगाउँदै आएको ८ रोपनी जमिनमा केरा खेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । केराको नियमित बिक्रीबाट मात्रै शर्माले बार्षिक साढे दुई लाख देखी ३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

बार्षिक ७ मुरी धान फल्ने ६ रोपनी खेत र बार्षिक ४ मुरी कोदो फल्ने २ रोपनी बारीमा केराको व्यवसायिक खेती गर्दै आएको शर्माले बताउनुभयो ।  धान, मकै, गहुँ र कोदो लगायतका उपभोग्य बस्तुको उत्पादन गर्दा समय पनि धेरै लाग्ने र खर्च समेत उत्पादन भन्दा धेरै हुन थालेपछि केरा खेती गरेको उहाँको भनाई छ ।

गाउँघरमा पनि केराको माग उच्च रहेको र उत्पादन कम भएकाले आफुलाई बजारको समस्या नरहेको स्थानिय कृषकको भनाई छ  । उनिहरुले उत्पादन गरेको केरा स्थानिय बजारमा काँचो प्रतिकोसा ३ रुपैयाँ र पाकेको प्रतिकोसा ४ रुपैयाँमा बिक्री हुने गरेको छ ।

अरु खेतीबालीमा भन्दा कम समय र परिश्रम गरेर पनि मनग्य आम्दानी लिन केरा खेतीनै उचित बिकल्प भएको उनिहरुकोे बुझाई छ । ३ सय बिरुवाबाट दुई बर्षअघि सुरु गरिएको केरा खेती यतिबेला भने भरिभराउ अवस्थामा छ । गाउँलेसँग केही बिरुवा मागेर र केही बिरुवा किनेर खेतबारीमा रोपेका पौडेलले तिनै बिरुवाको गाँज लागेपछि फुटाएर खेतबारी भरेका हुन् ।  


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग