Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाण्डेको रहस्यमय मृत्यु विरुद्ध पाँच जनाका नाममा किटानी जाहेरी

Published on 6:10:00 PM //

प्रेम सुनार
गुल्मी, २८ मंसिर ।  मंसिर २७ गते विहान ठुलोलुम्पेकको चेहमी गाउँमा मृत फेला परेका अस्लेवा ६ का ३१ वािर्षय पदम पाण्डेको हत्या भएको भन्दै आज पाँच जनाका नाममा किटानी जाहेरी परिवाजनले दिएका छन् ।
ठुलोलुम्पेक ८ को चेहमी गाउँस्थि एक ब्याक्तिको घरको पुजामा राती ११ बजेसम्म संगै खान–पिन गरेर बसेका मध्येका केहि मानिसहरुबाट सत्य तथ्य खुल्ने भन्दै किटानी जाहेरी दिईएको अस्लेवाका समाजसेवी गोपालप्रसाद पाण्डेले बताए । अस्लेवाका ति गाउँहरुमा हाउस वाईरिङ्ग गर्दै आएका र घरमा पैसा पठाईदेउ भनेपछि १० हजार भन्दा बढि रकम उठाएर राखे पनि सो रकम उनको साथमा नहुनुले पनि पैसा लुट्ने क्रममा हत्या भएको हुन सक्ने बाबु धातानन्द पाण्डले बताए ।
उनलाई मोटरबाटो देखि घिसार्दै तल खेतमा लगेर निर्वस्त्र अवस्थामा घोप्टो पारेर फालिएको थियो । उनको टाउँको र छातीमा ढुङ्गाहरुले प्रहार गरे जस्ता चोटहरु छन् । शवको प्रकृति देख्दा उनलाई ठुलै समुहले सुनियोजित रुपमा हत्या गरेको हुन सक्ने जनता उच्च माथ्यामिक विद्यालय अस्लेवाका शिक्षक विष्णुप्रसाद पाण्डेले बताए ।
समाजसेवी गोपाल पाण्डेका अनुसार त्यस राती पुजा गरेर ल्याएको पाठो काटेर पाण्डे सहितका मानिसहरुले संगै बसेर खाएका थिए । ‘उनको हत्या नै भएको हो’ पाण्डेले भने –कसले ग¥यो भन्ने कुरा प्रहरी अनुसन्धानले देखाउला । ’ आजै उनको शव पोष्टमार्टम गरीएको छ । यस घटनाका सवम्वन्धमा अनुसन्धान भई रहेकोले अहिले नै आफु केहि नबोल्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताए । ‘ ईनस्पेक्टर निशान्त श्रीवास्तव अनुसन्धानका लागि वन्द स्पोट रिर्पोटमा हुनुहुन्छ ’उनले भने –उहाँको रिर्पोट नआए सम्म म अहिले बोल्न सक्दिँन । ’

पोष्ट्मार्टम पछी लिईएको पाण्डेको तस्बिर । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग