Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपतिको निर्वाचन लोकतन्त्रको स्वभाबिक प्रक्रिया होे ःएमाले नेता ज्ञवाली

Published on 8:18:00 PM //

अनिल खत्री 
गुल्मी, मंसिर २८ । संबिधान सभा निर्वाचन पश्चात पार्टी कार्यकर्ता तथा मतदाताहरुलाई धन्यावाद दिन क्षेत्र भ्रमण अभियानमा रहनु भएका नेकपा एमाले नेता प्रदीप कुमार ज्ञवालीले राष्ट्रपतिको निर्वाचन आवश्यक भएको बताउनु भएको छ । गुल्मीको दिगाम, हर्दिनेटा र खर्ज्याङमा आयोजित कार्यक्रममा संबिधान सभाको निर्वाचनबाट नयाँ शक्ति सन्तुलन कायम भएको र ताजा जनादेशको सम्मान गर्दै संबिधान सभाबाट अघिल्लो संबिधान सभाले जस्तै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने धारणा ब्यक्त गर्नु भएकोे हो । बर्तमान राष्ट्रपति डा.रामबरण यादव फेरि पनि राष्ट्रपति बन्न सक्ने तर संबिधान सभाबाट बिश्वासको मत हासिल गरि पुर्ननिर्वाचित हुनु पर्ने वा निर्वाचनबाट ​नयाँ ब्यक्ती राष्ट्रपति हुन सक्ने हुनाले लोकतन्त्रमा आवधीक निर्वाचनको बिधी अनुसार प्रतिस्पर्धाबाट राष्ट्रपतिको चयन हुनु पर्नेमा जोड दिनु भयो । नेकपा एमाले पोलिट ब्यूरो सदस्य  प्रदिप कुमार ज्ञवालीले कार्यकर्ता भेटघाटको क्रममा चुनावी दौरानमा गरिएका बाचाहरु पुरा गर्ने प्रतीबद्धता जनाउनु भएको छ ।
चुनावमा हार जित स्वभाबिक कुरा हो,चुनाव हारे पनि हामी जनताकै माझमा छौ, जनताका सुख,दुखमा साथ सहयोग र बिकासका काममा अगुवाई निरन्तर जारी रहने छ , उहाँले भन्नुभयो एउटा पराजय बाट निरास नबनौ कमी कमजोरी सच्चाएर पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउदै आगामी स्थानिय तथा राष्ट्रिय निर्वाचनमा अत्याधिक मतका साथ बिजय हासिल गर्ने गरि पार्टीको बिकास गरौ भन्दै कार्यकर्ताहरुलाई उचो मनोवलका साथ पार्टी काममा लाग्न आग्रह गर्नु भएको छ । गुल्मीको दिगाम, हर्दिनेटा र खज्र्याङ्गमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । अहिलेको मुख्य राजनितीक बिषय संघिय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकार संस्थागत गरि जनताले आफ्नो महसुस गर्ने संबिधान निमार्ण गर्नु मुख्य अभिभारा भएको भन्दै पार्टीको तर्फबाट एक सक्रिय राजनितीक कार्यकर्ताको हैसीयतले आफु निरन्तर क्रियाशिल रहने बताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य निलकन्ठ गौतम, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष टोमलाल पाण्डे , लुम्विनी अञ्चल समन्वय कमिटी सदस्य कोशल पोखरेल, खडग केसी, जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ, बिष्णु प्रसाद पौडेल, २ नं.क्षेत्रिय कमिटी सदस्य तेजकान्त अर्याल, दिगाम गाउँ कमिटी अध्यक्ष शम्भु ज्ञवाली, हर्दिनेटा गाउँ कमिटी अध्यक्ष नरपति काफ्ले , खज्र्याङ्ग गाउँ कमिटी अध्यक्ष माधव ज्ञवाली लगायत त्यस क्षेत्रका अगुवा, नेता, कार्यकर्ता, मतदाता तथा शुभेच्छुकहरुको ब्यापक सहभागिता रहेको थियो ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग