Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतकी एक महिलाले जन्माईन एकै पल्ट १० सन्तान !

Published on 6:02:00 PM //

भारत, पुष ३ । भारत मध्यप्रदेशको सतना जिल्लाकी एक महिलाले एकै पल्टमा १० सन्तान जन्माईन, तर दुर्भाग्य कुनै बच्चा पनि बाँच्न सकेनन् ।

रेवा नगरकी २८ वर्षीया अन्जु कुशवाहाले आइतबार राती दशवटा बच्चा जन्माएकी हुन् । १० वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी अञ्जुले यसअघि कुनै पनि सन्तानलाई जन्म दिएकी थिइनन् ।

चार महिना अगाडी पेट दुखेपछि उनलाई श्रीमान सन्तोषले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । तर त्यहाँकी नर्सले ठुलो अस्पताल लैजान सुझाव दिएपछि जिल्ला अस्पतालमा लगिएको थियो । जहाँका डाक्टरले उनलाई आवश्यक परीक्षण गरेर औषधी दिएर फर्काइदिएका थिए ।

अस्पतालबाट फर्केपछि पनि उनको हालतमा सुधार नभएपछि सन्तोषले अन्जुलाई जबलपुर अस्पताल पुर्‍याए, जहाँ गर्भपरीक्षण गर्दा अन्जुको पेटमा एक भन्दा बढी भ्रुण देखिएको थियो । त्यहाँका डाक्टरले सन्तोषलाई भ्रूण घटाउन सल्लाह दिए ।

फेटल रिडक्सन भनिने यो पद्धतीमा चिकित्सकले औषधिको माध्यमबाट एक मात्रै भ्रूणलाई जोगाउँदै बाँकीलाई नष्ट गर्छन् । तर अन्जुका पति यसका लागि तयार भएनन् । आइतबार राती सन्तोषले अन्जुलाई सन्जय गान्धी अस्पताल लगे ।

तर बाटोमै अन्जुले ९ वटा बच्चालाई जन्म दिइसकेकी थिइन् । यी सबै बच्चा १२ हप्ताका मात्रै रहेको चिकित्सकले बताएका छन् । दशौं बच्चालाई पाठेघरबाट झिकिएको थियो । दश वटा बच्चा जन्माएपछि अन्जुको अवस्था निकै गम्भीर बनेको थियो ।

चिकित्सकहरुले यस्तो घटना चिकित्सा जगतका लागि आश्चर्यजनक भन्दै अनुसन्धान सुरु गरेका छन् । गर्भ रहनका लागि बढी मात्रामा औषधिको प्रयोगले यस्तो भएको हुनसक्ने चिकित्सकहरुको भनाइ छ ।

बाँझोपनको उपचार गर्ने क्रममा अन्जुले धेरै किसिमका औषधि प्रयोग गरेको हुनसक्ने या टेष्टट्युब बेबी प्रविधि प्रयोग गरेको हुनसक्ने भन्दै चिकित्सकले उनको मेडिकल रेकर्डको अध्ययन भइरहेको बताएका छन् । अन्जुका परिवारले भने कुनै किसिमको उपचार नगरेको बरु स्थानीय डाक्टरबाट गर्भ रहनका लागि केही औषधी लिएको बताएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग