Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रक्सिले मातेका युवाहरुद्वारा २ बालिका बलात्कृत

Published on 1:22:00 PM //

प्रेम सुनार
गुल्मी, मंसिर १९ । महिला हिंसा बिरुद्धको अभियान चलिरहेका बेला प्यूठानको तुषारा गाविसका १३ र १४ वर्षका बालिका गाउँका यूवाहरुबाट बलात्कारको शिकार भएका छन् । उनीहरुलाई तुषारा गाविसकै २५ वर्षका खड्क बहादुर सुनार र वर्ष २० का सुवाष सुनारले जंगलको बिच बाटोमा करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । रक्सीले मातेर ओखरकोट ढाँडबाट घरतर्फ जाँदै गरेका उनीहरुले तुषारा–२, स्थित छिपछिपे जंगलमा सोमबार दिउँस बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेको प्रहरीले जनाएको छ ।
यूवाहरुबाट दिउँसै करणीमा परेका पीडित बालिकाहरु सोमवार बेलुका अबेरसम्म आफन्तको सम्पर्कमा आएपनि मंगलबार जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो । अभियुक्त खड्क बहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् भने उनलाई प्रहरीले अनुसन्धानका लागि अहिले हिरासतमा राखेको छ । अर्का अभियुक्त सुवास भने फरार छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग