Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हामी जनताका सेवक, मालिक होइन: मुख्य सचिव पौडेल

Published on 2:09:00 AM //

गुल्मी, पुस २ । मुख्य सचिव लिलामणि पौडेलले कर्मचारी जनताका सेवक भएकाले जनतासँग हातेमालो गरेर सहकार्य गर्न आग्रह गर्नुभएको छ।
गुल्मीको दिगाममा मुख्य सचिव पौडेलले कर्मचारीहरू जनताका पिरमर्का बुझ्नका लागि जनताका सेवक भएर आएकाले विकासका हरेक काममा जनतासँग खुल्ला भएर अगाडि बढ्न आग्रह गर्नुभयो।
“हामी जनताका सेवक हो, हामी आदेश दिने मालिक होइन, उहाँहरूका समस्या र पिर मर्काका समाधानका लागि हामी सरकारी प्रतिनिधि भएर आएको हो–” उहाँले भन्नुभयो।
कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले सुशासनबिना विकास सम्भव नभएकाले विकासका लागि सुशासन कायम गर्न र राजनीतिक सहमति कायम गर्नुपर्ने बताउनुभयो।
“एसियामा जहाँजहाँ सुशासन भएको छ त्यहाँ विकासका काम प्रभावकारी भएको र जहाँ स्थानीय सङ्गठन कमजोर छ त्यहाँ विकास कम भएको एसियन आउटलुकको अनुसन्धानले देखाएको छ”–सचिव श्रेष्ठले भन्नुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग