Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ सबै महिला शिक्षक भएको नमुना बिद्यालय

Published on 3:49:00 AM //

प्रेम सुनार
गुल्मी, १८ मंसिर । गुल्मीको एक विद्यालयमा सबै शिक्षक महिला भएपछि स–साना विद्यार्थीहरुले आफ्नी आमाबाट जस्तै विद्यालयमा स्याहर–सुसार पाएका छन् । शिद्ध प्राथामिक विद्यालय नेटा ४ आरुचौरमा यसरी सबै महिला शिक्षक रहेका हुन् । ६० जना विद्यार्थी रहेको सो विद्यालयमा प्रधानध्यापक देखि परिचर सहित छ जना महिलाहरु रहेका छन् । उक्त बिद्यालयमा ७ जना गैह्र दलित वाहेक पुरै दलित वालवालिका विद्यार्थी रहेको बिद्यालय स्रोतले बताएको छ । शिद्ध प्राविलाई उदाहरणीय विद्यालय बनाउनका लागि सबै महिला शिक्षक राखिएको ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर के.सीले बताए ।  
२०५२ सालदेखि निजी श्रोतमा रहेकी र २०६१ साल फागुन देखि अस्थाई नियुक्ती पाएकी शिक्षिका सपना घिमिरेले प्रधानध्यापक चलाएकी छन् । आफु प्रधानध्यापक रहेर एउटा ब्लक र शौचालय पार्न पाएकोमा गर्व लागेको भन्दै पुरुष प्रधानध्यापकले जतिकै महिलाहरुले पनि काम गर्न सकिने रहेछ भन्ने हौसला बढेको घिमिरेले बताईन । ‘यहाँको पढाई हेर्नुस् बाल बालिकाको स्यहार-सुसार र उनिहरुको अनुशासन हेर्नुस– घिमिरेले विद्यार्थीरु देखाउँदै भनिन् –‘घरमा आमाले भन्दा हामीले बढि स्याहार गरेका छौ, उनिहरुको दिशा पिशाव पनि हामीले नै पखाली दिन्छौं ।’
३ जना अस्थाई, एक जना राहत, एक जना निजी श्रोत र एक जना परिचर रहेका उनिहरु विद्यालयलाई उदाहरणीय बनाउन कम्मर कसेको बताउँछन् । अर्की शिक्षिका लिला घिमिरे भन्छीन–‘महिला नै महिला शिक्षक रहेको यस विद्यालयलाई उदहारणीय बनाउन लागि परेका छौं, हेरौं कत्तिको सफल होईन्छ ।’ शिक्षिका घिमिरेका अनुसार पुरै दलित गरिव वस्ती भएकोले अभिभावकहरु निमेक मजदुरीमा जाने भएकोले कहिले काही त विद्यार्थी लिन घर–घरमै पुग्नु पर्ने हुन्छ । अझै पनि कैयौं विद्यालयहरुमा महिलाले निजी श्रोतको समेत जागिर पाउन दलका नेता र जिल्ला शिक्षा कार्यालयका मानिसहरु कहाँ धाउनु पर्ने अवस्था रहेको बेला त्यस विद्यालयमा भने पुरै महिलाले जागिर खान पाउनुमा स्थानिय अगुवा समाज सेवीहरुको समेत सद्भाव रहेको प्रधानध्यापक घिमिरेको भनाई छ ।
एउटा ब्लक र शौचालय भए पनि एउटा विद्यालय भवन र शिक्षकहरुका लागि शौचालयको अति खाँचो भएको घिमिरेले बताईन । ‘हेर्नुस् यो पुरानो कच्ची भवनको छानो भत्कीनै लागेको छ, पानी आउँदा विद्यार्थीहरुलाई घर पठाउन बाध्य छौ" उनले भनिन्, "दलको सिफारिसमा भन्दा पनि जिल्ला शिक्षा कार्यालयका सरहरु आफै आएर हेरी दिए हुन्थ्यो ।’ त्यस विद्यालयका पुरै महिला शिक्षक भन्छन् हरेक प्राथामिक विद्यालयमा महिला शिक्षक अनिवार्य राख्ने गरिए सानो उमेरका वालवालिकाले पढाईका अलवा घरमा आमाबाट जस्तै स्याहर सुसार पनि पाउने थिए । यस सम्वन्धमा सो क्षेत्र हेनै विद्यालय निरीक्षक झविलाल बिश्वकर्माले त्यहाँका महिला शिक्षकहरुबाट सन्तोषजनक कार्य भएको बताए । आवस्यक भौतिक पुर्वधारका लागि आफुले जिल्ला शिक्षा कार्यालयको ध्यानकृष्ट गराउने उनले प्रतिवद्धता जनाए ।
विद्यार्थीहरुका साथमा शिद्ध प्राविका महिला शिक्षकहरु । 


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग