Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुडानमा चार नेपाली शान्ति सेना घाइते

Published on 9:29:00 AM //

काठमाडौँ, पुस १०। शान्ति स्थापनाका लागि दक्षिणी सुडानमा खटिएको नेपाली सेनाका चार सैनिक त्यहाँस्थित विद्रोहीहरूको मोर्टार आक्रमणमा परी सामान्य घाइते भएका छन्।

दक्षिणी सुडानको बोरस्थित नेपाली सेना तैनाथ युनिट परिसरमा विद्रोहीहरूले मङ्गलबार अपराह्न ४ देखि राति ८ बजेसम्म गरेको चारवटा मोर्टार आक्रमणमा परी उनीहरू घाइते भएको नेपाली सेनाले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

विद्रोहीले गरेको सो आक्रमणबाट नेपाली सेना तैनाथ युनिट परिसरमा रहेका तीनवटा ट्रक, बारुदी सुरुङ निस्तेज तुल्याउन प्रयाग गरिने एउटा सवारीसाधन, पानी प्रशोधन केन्द्र र भान्साघरमा पनि सामान्य क्षति पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग