Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समानुपातिकबाट गुल्मेली महिलाहरुको सम्मान

Published on 8:54:00 PM //

प्रेम सुनार
गुल्मी, १६ पुस । चार राजनैतिक दलले सार्वाजाकि गरेको समानुपातिक सभाषदको सुची अनुसार गुल्मीमा महिलाहरुको सम्मान भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी र नेकपा मालेबाट छनौट भएका समानुपतिक सभाषदहरु पुरै महिला, त्यो पनि दलित र जनजाती रहनुले यहाँका महिलाहरुको सम्मान भएको हो । दलित समुदायबाट संसदमा पुग्ने पहिलो गुल्मेली चेली कमला बिश्वकर्मा सहित नेपाली कांग्रेसबाट सुवर्ण ज्वारचन ( कान्छी दिदी ) नेकपा एमालेबाट दिलशोभा पुन र एकिकृत नेकपा माओवादीबाट सिर्जना तरामु ति दलहरुले सार्वजानिक गरेको सुचीमा परेका छन् ।
यि सहित समानुपातिकको कोटा पाउने अन्य दलहरु जिल्लामा छैनन् । यसवाट प्रत्यक्ष सहित गुल्मीमा सात जना सभाषद भएका छन् भने संसद विकास कोष मार्फत मात्रै जिल्लामा वार्षिक ७० लाख आउने भएको छ । मालेकी सभाषद बिश्वकर्माको घर हर्दिनेटा गाविसमा हो । दिलशोभाको नयाँगाउँ , कान्छिी दिदीको जोहाङ्गको चोरकाटे, सिर्जनाको ठुलोलुम्पेकको थुम्कामा पर्दछ । कांग्रेसबाट परेकी कान्छि दिदी सवै भन्दा पाकी र राजनितिमा लामो सर्घष रहेकी महिला हुन् । उनि जिल्लामा राजनिति गर्ने महिलाहरु मध्ये सवै भन्दा पहिला माथील्लो तहमा पुग्ने महिला हुन् । २०४९ सालको स्थानिय निर्वाचनमाा उनि जिल्ला उपसभापति निर्वाचित भएकी थिईन् । सो पार्टीको जिल्ला सदस्य हुँदै महिला संघ अध्यक्ष लगायत हाल महासमिति सदस्य रहेकी उनि खरो र आँटीली स्वभावकी नेतृका रुपमा चिनिन्छीन् । यहाँ सभाषदको सुचीमा परी रहँदा उनि उपचारका लागि भारतको अस्पतालमा रहेकी छन् ।  २०३६ सालको जनमत संग्रहमा उनको उल्लेख्य योगदान रहेको र त्यहाँ देखि अहिले सम्म अनवरत पार्टीको खम्वाका रुपमा उहाँ सक्रिय रहँदै आएको नेपाली कांग्रेसका जिल्ला उप सभापति भुवनप्रसाद श्रेष्ठले बताए । ‘ जिल्ला पार्टी खुशी छ उहाँ सभाषद भएकोमा ’–श्रेष्ठले भने–‘यसबाट सिंङ्गो महिला र जनजातीको सम्मान भएको छ । ’ उनले थपे–‘कान्छि दिदी सभाषद हुनु भनेको ईतिहाँसकै सम्मान हो ।’
त्यस्तै एमालेबाट छनौट भएकी पुनको पनि पार्टीमा ठुलो योगदान रहेको जिल्ला अध्यक्ष टोमलाल पाण्डेले बताए । भने–‘पार्टीमा ठुलो योगदान भएकी महिला हुनुहुन्छ दिलशोभाजी, उहाँ परेकोमा हामीहरु खुशी छौं तर उहाँ एक जना मात्रै परेकोमा भने त्यति सन्तुष्ट छैनौं । ’ हामीले पाँच जनाको सिफारिस गरेर पठाएका थियौं, तिन जना पाउनु पर्छ भनेका थियौं’–‘ उनले थपे–‘ दुई जना सभाषद पाउने त यहाँबाट मत परेको थियो तर एक जना मात्रै पार्टीले चयन ग¥यो त्यही पनि अर्घाखाँची र पाल्पाको हेर्दा ठिकै छ भनेर चित्त बुझाउनु परेको छ ।’ एमालेबाट अर्घाखाँची र पाल्पामा समानुपातिकको कोटा नपरेको बताउँदै पाण्डेले २०६४ सालमा गुल्मीले नपाएकोले यसपाली दुई जना सम्म पाउनु पर्ने तर केन्द्रले नदिएको गुनासो गरे । एकिकृत नेकपा माओवादीबाट परेकी तरामु जनयुद्ध कालमा वाल्यपन देखि गोली बारुदसंग जुध्दै यहाँ सम्म आई पुगेकोमा जिल्ला संयोजक सुदर्शन वरालले हार्दिक बधाई दिन्छौं भने ।
‘एकदम सर्घषशिल महिला हो सिर्जना जी’–वरालले भने –‘ उहाँ छनौट भएपछि गुल्मीमा यसपाली हाम्रो सभाषदको रिक्तता पनि पुरा भएको छ ।’ उनले जिल्ला पार्टीबाट पनि उहाँ एक जना मात्रै सिफारिस गरेर पठाएको बताए । मालेबाट बिश्वकमाको छनौटप्रति भने जिल्ला पार्टी असन्तुष्ट रहेको जिल्ला अध्यक्ष जिवलाल अर्याले बताए । भने–‘उहाँ जिल्लामा बसेर पार्टीमा काम गरेकी मान्छे होईन, अन्त–अन्त काम गरेको आधारमा केन्द्रले छनौट गरेको प्रति यहाँ खटेका कार्यकर्ताहरु असन्तुष्ट रहेको पाईयो ।’ म आफु ब्याक्तिगत रुपमा भने गुल्मीकी त्यो पनि दलित महिला परेकोमा खुशी छु’ –उनले थपे–‘उहाँको चयनले गुल्मीमा हाम्रो पार्टीले सभाषद पाएको पनि सायद यो पहिलो हो । ’
अन्तरिम विद्यायिकाका रुपमा जिल्लाबाट संसदमा पुग्ने पहिलो महिला एकिकृत नेकपा माओवादीकी उमा बिश्वकर्मा हुन् । २०६४ को चुनावमा प्रचण्ड पुत्री रेणु दाहल संसदमा पुग्ने दोश्री महिला हुन् । उनिहरु जिल्ला बाहिर माईती घर भएका थिए तर गुल्मी मैं जन्मेको हिसावले मालेकी सभाषद बिश्वकर्मा संसदमा पुग्ने पहिलो गुल्मेली दलित चेली हुन् । प्रत्यक्ष तर्फ भने दलहरुले हार्ने सम्भावना रहेका ठाउँमा मात्रै उठाउने गरेको गुनासो रहेको छ । संयोग पनि त्यस्तै परेको छ, २०६४ र यस पालीको चुनावमा नेकपा एमालेकी मैना भण्डारी दुवै पटक हार्नु प¥यो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग