Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङका १९ उम्मेदवारले मात्र निर्वाचन आयोगमा चुनावी खर्च बुझाए

Published on 6:06:00 PM //

राम सुवेदी
बुर्तिबाङ, पौष १७ । संविधानसभा निर्वाचनमा बागलुङबाट उम्मेदवार बनेका ३५ मध्ये १९ जना उम्मेदवारले मात्र निर्वाचन आयोगको कार्यालय बागलुङमा  चुनावी खर्च बुझाएका छन् ।
निर्वाचनमा भएको खर्चको हिसाव बुझाउने आज अन्तिम दिनको मध्यान्ह सम्म विभिन्न पार्टीका १९ उम्मेदवारले चुनावी खर्च बुझाएको निर्वाचन कार्यालयले लेजनाएको छ ।

कार्यालयमा बुझाइएको खर्च विवरण मध्ये एकिकृत नेकपा माओवादीको तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार कृष्ण केसीले सबै भन्दा बढी १० लाख १० दहजार १० रुपैँया दलखर्च गरेको विवरण कार्यलयमा बुझाउनुभएको छ । राष्ट्रिय दजनमुक्ति पार्टीबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएका नानिमया पुनले भने सबै भन्दा कम ३७ हजार रुपैया मात्र चुनावका क्रममा खर्च गरेको विवरण पेश गर्नुभएको छ ।

निर्वाचन कार्यालयमा नेपाली कांग्रेसबाट क्षेत्र नम्बर १ का उम्मेदवार हरिबहादुर लखड्काले ९ लाख ८४ हजार, क्षेत्र नं. २ का प्रकाश शर्मा पौडेलले ९ लाख ६६ हजार, क्षेत्र नं. ३ का ज्ञानकुमारी छन्त्यालले ९ लाख ७६ हजार रुपया खर्च गरेको विवरण बुझाउनुभएको छ ।

यस्तै नेकपा एमाले क्षेत्र नम्बर १ का उम्मेदवार हिराबहादुर केसीले ९ लाख ५६ हजार, क्षेत्र नम्बर २ का सुर्य पाठकले ७ लाख ६८ हजार ७ सय ५०,  र क्षेत्र नं. ३ का शान्ती अधिकारीले ४ लाख ७९ हजार १ सय ३० रुपैया खर्च गरेको विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्याले जानकारी दिनुभयो ।

त्यसै गरि राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर १ का उम्मेदवार तिर्थसिंह थापाले २ लाख ४० हजार ५ सय, क्षेत्र नम्बर २ का राजेन्द्र ढुङगानाले ५ लाख ४० हजार ५ सय, ३ का धर्म बहादुर कुँवरले ५ लाख ६० हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण पेश गर्नुभएको छ ।
यस्तै राप्रपा नेपालका क्षेत्र नम्बर १ का इन्द्रराज पन्तले १ लाख ४ हजार, ३ का कृष्ण कुमारी घर्तिले ७६ हजार ३ सय, राप्रपाका क्षेत्र नम्बर १ का उम्मेदवार टिकाराम सापकोटाले १ लाख १९ हजार ५ सय, क्षेत्र नम्बर २ का २ का ललितबहादुर खत्रिले २ लाख ७८ हजार रुपया खर्चको विवरण बुझाएको उपाध्ययले बताउनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नम्बर २ का ओमबहादुर श्रेष्ठले ३ लाख २५ हजार ५ सय, क्षेत्र नम्बर ३ का चित्रबहादुर अर्गेजाले १ लाख ४५ हजार ५ सय, नेपाल परिवार दलका क्षेत्र नम्बर १ का उम्मेदवार गंगा चापागाईले २ लाख ७० हजार र क्षेत्र नम्बर २ का निलप्रसाद आचार्यले ५ लाख रुपया खर्चको विवरण लबुझाउनुभएको छ । हाल सम्म एकिकृत नेकपा माओवादी क्षेत्र नम्बर २ का लिलबहादुर थापा, ३ का लतुलसिराम अर्याल, नेकपा माले, संघिय समाजबादी पार्टी, अखण्ड नेपाल पार्टी, लनेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग