Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुर्तिबाङ गाविसको आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

Published on 6:08:00 PM //

प्रशान्त घर्ति मगर
बुर्तिबाङ, पौष १७ । बुर्तिबाङ गाउँ विकास समितिको आयोजनामा आज वडा नं ७, ८ र ९ मा छुट्टा कार्यक्रमको आयोजना गरि त्यस स्थानका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
गाउँ विकास समितिका सचिव नन्दराम भुषाल तथा, वडा नं ७ का वडा नागरिक मञ्चका संयोजक खीमलाल भुषाल सहितको टोलीले वडा नं. ७ मा रहेको जेष्ठ नागरिकलाई सम्मान गरिएइको छ । भने वडा नं ८ मा वडा नागरिक मञ्चका संयोजक सुरेन्द्र विक, घोसाखानी निम्न माध्यमिक विद्यालय, घोसाखानीका प्रध्यानाध्यापक खुमवहादुर छन्त्याल , जनकल्याण निम्न माध्यमिक विद्यालय सामतका प्रध्यानाध्यापक गंगाबहादुर कार्की तथा वडा भित्रका बुद्धिजीवि तथा समाजसेवीहरुको उपस्थितीमा सो स्थानमा सम्मान कार्यक्रम सम्पन्न भएको बताईएको छ ।
जस अनुसार वडा नं ७ बाट रति पुन र चतुरे विक, वडा नं ८ बाट रणबहादुर खड्का र मणि सुनार, वडा नं ९ बाट धनलाल कामी , देवीसरा काली र पम्फाकला छन्त्याल  गरि ७ जना जेष्ठ नागरिकहरुलाई गाविस सचिव नन्दराम भुषालले दोल्ला ओढाई सम्मान गर्नुभएको थियो । त्यस्तै हिमाली दमिनी र बसुन्धरा कमिनी अनुपस्थित भएको कारण फेरी सम्मान गरिने बताईएको छ । समाजिक परिचालक विष्णु विकले जानाकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग