Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नाईट बस खोलामा खस्दा ११ को मृत्‍यु, चार वटा शव बसमै च्याँपिए

Published on 4:28:00 PM //

प्रेम सुनार
गुल्मी, १७ पुस । आज विहान करिव १ वजेको समयमा सल्यानमा रात्री बस दुर्घटना हुँदा ११ जनाको मृत्‍यु भएको छ । मृतकहरु मध्ये अहिले करिव ४ वजेतिर ७ जनाको मात्र पहिचान हुन सकेको छ भने ४ वटा शव बस मुनी च्याँपिएका कारण निकालेर पहिचान गर्न नसकीएको सल्यान प्रहरीले जनाएको छ ।
 काठमाण्डौबाट रुकुम जाँदै गरेको लु १ ख ८२९० नम्वरको बस सल्यानको लोखल बजार नजिकै भएको बस दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम शाख ३ झुलाखेतका २६ वर्षिय प्रेमबहादुर बुढा, चौरबाङ्गका २५ वर्षिय मनबहादुर बुढा, खलङ्गा १ की २२ वर्षिया करुण घर्ति, सोही स्थानका २३ वािर्षय सुजन शाही , ३१ वािर्षय आनन्दकुमार केसी, दाङ्ग घोराही घर भई नेपाली सेना महेन्द्रदल गण रुकुममा कार्यरत राजेश बुढा, र नाम खुल्न नसकेका ३ वर्षिय बालक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
 मृतक ४ जना बस मुनी किचीएको अवस्थामा रहेकोले निकालेर शवको पहिचान गर्न नसकीएको प्रहरीले बतायो । ति तिन वर्षिय बालक करुण घर्तिका हुन कि वा बसमै किचिएकी अन्य महिलाको भन्ने कुरा पत्ता नलागेको घटना स्थलमा रहेका प्रहरी निरक्षक सुनिलकुमार प्रधानलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयको सुचना शाखाले बतायो । ३० जना घाईते मध्ये १२ जना घम्भिर अवसमा रहेकोले उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग