Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा एलाक डीपी परियोजना सुरु

Published on 6:31:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १७ पुस । सरकारी सेवालाई चुस्त वनाउँदै थप गुणस्तरीय वनाउने उद्देश्यले गुल्मीमा एलाक डीपी परियोजना सुरु भएको छ । ट्रान्परेन्सी इन्टरनेशनल नेपालद्वारा सुशासन अभियान गुल्मी मार्फत सञ्चालित परियोजना अन्तर्गत सेवाप्रदायक सरकारी कार्यालयको सार्वजानिक सेवालाई थप गुणस्तरीय वनाउँदै समयमै सेवा पु¥याउन सहयोग गरिने लक्ष्य रहेको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले वताउनुभयो ।
शुशासन अभियान गुल्मीले आज सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर परियोजना लागू भएको जानकारी दिएको हो । जिल्लामा परियोजना सुरु भएपनि औपचारीक उद्घाटन भने पुस २२ गते गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम उद्घाटनको लागी ट्रान्परेन्सी इन्टरनेशनल नेपालका केन्द्रीय अध्यक्ष विष्णुवहादुर केसी आउने कार्यक्रम रहेको संस्थाले जनाएको छ । भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रमहरु मार्फत सहकार्य गर्दै आएको ट्रान्परेन्सीले इन्टरनेशनल नेपालले दोस्रो चरणका ६ जिल्ला अन्तर्गत गुल्मी जिल्लामा पनि परियोजना सञ्चालन गरेको छ । सरकारी निकाय तथा सार्वजानिक संस्थानवाट प्राप्त हुने सेवा लिँदा हुने हैरानी, ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचारका विरुद्धमा परियोजनाले काम गर्ने अध्यक्ष पाण्डेले वताउनुभयो ।
परियोजनाको लागी गुल्मी जिल्लामा एक जना कार्यक्रम अधिकृत र कार्यक्रम सहायकको नियुक्ति गरी परियोजनाको काम अगाडि वढाएको संस्थाले जनाएको छ । सरकारी कार्यालयवाट सेवा प्राप्त गर्दा सर्वसाधरणले खेप्नुपरेको हैरानी तथा ढिलासुस्तीलाई गुनासोको आधारमा गुनासाहरु समाधान गर्दै कानुनी रुपमा सरसल्लाह र सुझाव दिईने परियोजनाकी कार्यक्रम अधिकृत हीरा कुँवरले वताउनुभयो । उहाँले सरकारी सेवा लिँदा हैरानी तथा ढिलासुस्ती खेप्नुपरे ०७९५२०८५४ मा तुरुन्त फोन गर्न आग्रह समेत गर्नु भएको छ । परियोजनाले उजुरी दिन चाहानेले गोप्य तरिकाले उजुरी पनि दिन सक्ने जनाएको छ । परियोजनाले सरकारले निर्माण गरेका नीति नियम तथा निर्देशिका कार्यन्वयन प्रकृया थप प्रभावकारी वनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग