Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिकराल बन्दै छ गुल्मीमा आत्महत्या

Published on 11:01:00 PM //

विष्णु पौडेल
गुल्मी, १० माघ । पछिल्लो समय गुल्मीमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ६१ जनाले आत्महत्या गरेकोमा यो आर्थिक वर्र्षको पहिलो ६ महिनामै आत्महत्या गर्नेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यही अनुपातमा आत्महत्या गर्नेको संख्या वढ्ने हो भने यो वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर वृद्धि हुने जनाइएको छ । यो वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै कात्तिक महिनामा ११ जनाले आत्महत्या गरेको तत्थ्यांक प्रहरी कार्यालयमा रहेको छ । पछिल्लो ६ महिनामा आत्महत्या गर्नेमध्ये ३१ जना झुन्डिएर, तीनजना हाम्फालेर र तीनजना विष सेवन गरी मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताए ।
प्रहरीका अनुसार आत्महत्या अधिकांश प्रेम सम्बन्धकै कारण हुने गरेको छ । सानै उमेरमा प्रेम गर्नु र जबर्जस्ती घरबाट विवाह गरिदिँदा किशोर अवस्थाका किशोरकिशोरीले बढी आत्महत्या गर्ने गरेको प्रहरी निरीक्षक
श्रीवास्तवले बताए । प्रहरीका अनुसार आत्महत्या गर्ने अर्को कारण वैदेशिक रोजगारी पनि बनेको छ । श्रीमान् विदेश गएपछि श्रीमती परपुरुषसँग सम्बन्ध गाँस्दा, आर्थिक लेनदन, मादकपदार्थ सेवन गरी श्रीमान्ले श्रीमतीलाई कुटपिट गर्नु, श्रीमान्को
आदेशविपरीत श्रीमतीले आफूखुसी काम गर्ने जस्ता विषय पनि आत्महत्याको कारण बन्ने गरेको उनले बताए ।
यी कारणहरूसँगै गरिबी र अशिक्षाले पनि आत्महत्या बढाएको छ । कतिपयले जीवनबाट हार खाँदा पनि आत्महत्या गर्ने गरेका छन् भने छोराछोरीको पालनपोषणमा समस्या हुँदा आत्महत्या गर्ने बाबुआमा पनि छन् ।
पछिल्ला केही वर्षयता आत्महत्याले जिल्लामा विकराल रूप लिँदासमेत यसतर्फ कसैको ध्यान जान सकेको छैन । जिल्ला प्रहरी कार्यालय गुल्मीले समय–समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाए पनि अरू कसैले यसतर्फ ध्यान नदिँदा प्रभावकारी बन्न सकेको छैन । महिला अधिकारकर्मी कमला पुनले आत्महत्या पछिल्लो समय ह्वात्तै बढेकाले नियन्त्रण गर्न नसके भयावह अवस्था आउने खतरा भएकाले सबैले समयमै ध्यान दिनुपर्ने बताइन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग