Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविस कार्यलय सार्ने बिषयमा बढेको बिवाद समधान गर्न पटकपटकको प्रयास बिफल, ६ महिनादेखी कार्यलय बन्द

Published on 10:29:00 PM //

कृष्ण बिसी 
नवलपरासी, माघ १० । बिगत ६ महिना देखी मकर गाविसको कार्यलय सार्ने बिषयमा चर्केको बिवाद समाधानका लागी गरेका प्रयासहरु पटक पटक बिफल भएका छन । मकर गाविसको कार्यलय सार्ने बिषयमा पटकपटक छलफल भएपनि ठोस निष्कर्षमा पुग्न भने सकेको छैन । 
मकर गाविसको बाढीपिडीतमा जिर्ण अवस्थामा रहेको गाविसको कार्यालय सुबिधासम्पन्न बर्दघाट बजारमा रहेको सभाहल सार्ने बिषयमा विवाद हुदा बाढीपिडीतका स्थानीय बासी र संघर्ष समितीले गाविसमा तालाबन्दी गरेको थियो ।लामो समयसम्म अन्यौलता बढेपछी उचित पहलका लागी आज बर्दघाट र चिसापानीका जनताहरु जिल्ला बिकास समितीको कार्यलयमा पुगेका थिए । 
६ महिनादेखी सेवाग्राही मर्कामा परेको र स्थानीय स्तरबाट समस्या समाधान हुन नसकेपछी ताला खोल्ने र गाविस सार्ने भनी आज जिल्ला विकास समितीमा सर्वपक्षीय छलफल गरिएपनी बिना निष्कर्ष टुङगीएको छ । संघर्ष समितीका तर्फबाट हरीरञ्जन पौडेल, मन्जु चालीसे, डिलाराम चालीसे, शिव चालीसे र बिष्णु भण्डारी यस्तै समन्वय समितीको तर्फबाट नरेश खनाल , मोहन गुरुङ, होमबहादुर गुरुङ, शिव कोईराला र धर्मराज पल्ली मगरको टोली आज स्थानीय विकास अधिकारी रामुराज कडरीया संग छलफलमा बसेपनी दिनभरको छलफल निष्कर्ष विहिन बनेको हो । 
छलफलमा कार्यालय सार्ने या नसार्ने भन्ने बिषयम टुङगो नलागेपछी संघर्ष समितील ३ बुदे सर्त राखेर बाहीर निस्कीएको थियो । समितीले बर्दघाटमा गाविस सार्ने भए बाडीपिडीतमा सभाहल राख्ने, नगरपालीका भएको खण्डमा कार्यालय पुरानै स्थानमा सारीनुपर्ने र गाउँ परिषद बैठकबाट बजेट बिनीयोजन गरी नयाँ भवन निमार्ण गर्नुपर्ने सर्त राखेको छ । 
छलफलको क्रममा बहाना गरी स्थानिय बिकास अधिकारी समस्या समाधानका लागी त्यती गभिरं नवनेको छलफलमा सहभागिहरुले गुनासो गरेका छन ।स्थानिय बिकास अधिकारीले आज समाधानका लागी उचित कदम चाल्ने बताएपनि कुनै ठोस निर्णय नदिएको र सकेसम्म दुवैपक्ष मिलेर अगाडी बढन सुझाव दिनुभएको थियो । छलफलबाट आज पनि कुनै निर्णय नभएपछी आउने आईतवार फेरी दुवैपक्षलाई बोलाई निकासका लागी अगाडी बढने बताउनुभयो ।   छलफलको क्रममा आफुहरुको मागमा समन्धीत निकायले चासो नदिएको भन्दै स्थानिय बिकास अधिकारी बिरुद्ध जिल्ला प्रशासन कार्यलयको गेट अगाडी नाराबाजी गरेका थिए । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग