Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडीयो सारथीको तेश्रो वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न

Published on 2:33:00 AM //

कमल पौडेल
१ माघ, खर्वाङ  रेडीयो सारथी एफ.एम. १०७.४ मेघाहर्ज खर्वाङ बाग्लुङ आज देखी चौंथो वर्षमा प्रवेश गरेको छ । २०६७ माघ १ गतेदेखी आफ्नो प्रशारण शुरु गरेको यस रेडीयो सारथीले आजदेखी आफ्नो ३ वर्षे यात्रा पुरा गरी चौथो वर्षमा प्रवेश गरेको हो ।

आज वार्षिकोत्सवको अवसरमा रेडियो सारथीलाई शुभकामना दिदै सुचना तथा सञ्चार मन्त्रि माधव प्रसाद पौडेलले सञ्चार माध्ययम राज्यको चौथो अंग भएको भन्दै सञ्चार माध्ययमले स्वतन्त्र पूर्वक काम गर्न पाउनु पर्ने वताउनु भएको छ । वागलुङको पश्चिम क्षेत्रमा रहेर सञ्चारको विकासमा रेडियो सारथीले अग्रहणी भुमिका खेलेको भन्दै रेडियोको प्रगतिको कामना गर्नुभएको छ ।

त्यस्तै वागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले ग्रामिण वस्तिका आवाल वुलन्द गर्न रेडियोले खेलेको भुमिका प्रति प्रसंसा गर्नुभएको छ । निर्वाचन आयोग वागलुङका प्रमुख टोलराज उपाध्यायले संविधान सभाको निर्वाचन सफल पार्नको लागी रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्दै निरन्तर ग्रामिण जागरणमा लागीरहन आग्रह गर्नुभएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ वागलुङशाखाका अध्यक्ष राम वहादुर जि.सि., गुल्मी शाखाका अध्यक्ष घनश्याम गौतम, उज्यालो ९० नेटवर्क तथा कम्यूनिकेशन कर्नरका अध्यक्ष गोपाल गुरागाँई, विश्व वैंकका कार्यक्रम निर्देशक आसिस रौनियार, रेडियो अडियोका प्रमुख दिपेन्द्र खनिया लगाएत वागलुङ, गुल्मी, पाल्पा, स्याङ्जा, दाङ् लगाएतका जिल्लाका रेडियोकर्मिहरुले शुभकामना दिनुभएको छ ।

त्यस्तै खर्वाङमा भएको ग्रामिण क्षेत्रमा सञ्चार माध्ययमको भूमिका विषायक अन्तक्र्रिया कार्यक्रमको समाजसेवि तथा वयोवृद्ध इन्द्रमणि खरेलले उद्घाटन गर्नुभएको छ । उहाँले कार्यक्रमको उद्घाटन गर्दै रेडियोको प्रगतिको कामना गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका तेज वहादुर अर्याल, नेकपा एमालेका डम्वर श्रीस, एकिकृत नेकपा माओवादीका झविलाल थापा, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल, नेपाल रेडक्रस सोसाइटि वागलुङ जिल्ला शाखाका सदस्य प्रेम खरेल, रेडियो पुस्पाञ्जलिका कार्यकारी निर्देशक कौरव खत्रि, रेडियो सञ्चालक समितिका कोषाध्यक्ष खगिश्वर अर्याल, कार्यक्रम प्रमुख कृष्ण प्रसाद पोखरेल, प्रस्तोता लक्ष्मण वराल, शेयर सदस्यको तर्फवाट होमनाथ अर्याल, शेयर सदस्य हिरा वहादुर केसि, मेघनाथ खरेल, महिला जागरण केन्द्र दगातुम्डाडाका उपाध्यक्ष हिमा खरेल, दरम वडिगाड साहित्य संगमका सचिव महलाल पौडेल, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड खर्वाङका अध्यक्ष विष्णु प्रसाद खरेल, खर्वाङ नौटुवा मोटरवाटो उपभोक्त समितिका अध्यक्ष तथा खड्क देवी उच्च मावि का विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रेम वहादुर भुजेल, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्र राज पन्थि, व्रह्म कुमारी इश्वरिय विश्व विद्यालय वामी टक्सारकी व्रह्मकुमारी सविता, लिवर्ड खर्वाङका प्रमुख नारायणी आचार्य, गाँउ वन समन्वय समिति दगातुम्डाडाका अध्यक्ष डिप्लोमा खरेल, वडा नागरिक मञ्च दगातुम्डाडा ८ का संयोजक होसियार सिंह थापा, वार्ड नं. ६ का संयोजक सुर्यवहादुर अधिकारी, प्रहरी कार्यालय खर्वाङका तिलक पौडेल, कृषि समन्वय समितिका सिता खरेल लगाएतले वोल्नुभएको थियो ।
अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले रेडियो संवेदनशिल क्षेत्र भएकोले चौथो वर्ष प्रवेश संगै थप व्यवस्थीत हुन सकोस् भन्ने शुभकामना दिनुभएको थियो । त्यस्तै वक्ताहरुले ग्रामिण क्षेत्रका हरेक विषयवस्तुलाई रेडियोले उठान गर्न सक्नुपर्ने वताउनु भएको थियो ।
कार्यक्रम अध्यक्ष तथा स्टेशन म्यानेजर विष्णु भुसालको अध्यक्षता, समचार प्रमुख कमल पौडेलको स्वागत मन्तव्य तथा संचालक समितिका सचिव नारायण धितालको सञ्चालनमा सम्पन्न भएको थियो ।
रेडियोले एफ.एम. व्याण्डको १०७.४ मेघाहर्जमा १८ घण्टा तथा अनलाईन धधध।चबमष्यकबचबतजष्।अयm।लउ  मा २४ सै घण्टा प्रसारण सेवा दिदै आएको छ । यसै विच वर्षिकोत्सवका अवसरमा रेडीयो सारथीका सञ्चालक समितिका अध्यक्ष विष्णु भुसालले रेडीयो सारथीलाई आफ्नै सारथी ठानी यो अवस्थासम्म ल्याउन सहयोग पु¥याउने शेयर सदस्य, कर्मचारी, विज्ञापनदाता, स्रोता तथा शुभचिन्तक सबैलाई बधाई दिँदै धन्यवाद ज्ञापन गर्नुभएको छ ।
जनचेतना युवाक्लव सक्न्यार वागलुङको आयोजनामा माघेसक्रान्ति मेला आज देखि सुरु, पुरुष भलिवल प्रतियोगीतामा १८ टिमको सहभागिता, कार्यक्रम ४ दिन सम्म चल्ने ।।
ज्नचेतना युवा क्लव दगातुम्डाडा ९ सक्न्यार वागलुङका माघे सक्रान्ति तथा १५ औं वार्षिकोत्सव समारोह आज देखि सुरु भएको छ । विविध प्रतियोगीतात्मक कार्यक्रम सहित ३ दिन सम्म चल्ने मेलाको वयोवृद्ध झविलाल थापाले उद्घाटन गर्नुभएको छ । भलिवल प्रतियोगीतामा १८ समुहको सहभागिता रहेको क्लवका अध्यक्ष ढालेन्द्र शेरचनले जानकारी दिनुभएको छ । आज भएको कार्यक्रममा नेपाली काँग्रेसका दगातुम्डाडाका सभापति रत्न वहादुर क्षेत्रि, भिमगिठे उच्च माविका शिक्षक भिमलाल भुसाल, नेपाल मगर संघका धन वहादुर श्रीस लगाएतले वोल्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षता, कोषाध्यक्ष प्रेम पुनको स्वागत मन्तव्य तथा सचिव मनु थापाको सञ्चालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम पूर्व पञ्चेवाजा, आमासमुहको भजन, झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई खिचडि तथा तरुल खुवाईएको थियो । क्लवले विगत १५ वर्ष देखि माघेसक्रान्तिको अवसरमा सक्न्यारमा मेला चलाउदै आएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग