Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वर्षाका कारण दिनभर गुल्मी जिल्लाको जनजीवन प्रभावित

Published on 4:14:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ४ माघ । गत रातिदेखि परेको वर्षाका कारण आज दिनभर गुल्मी जिल्लाको जनजीवन प्रभावित वनेको छ । अविरल रुपमा परेको वर्षाले जिल्लाको सम्पूर्ण ग्रामिण क्षेत्रमा आवत जावत गर्ने सम्पूर्ण सवारी साधनहरु दिनभर संचालन हुन सकेनन् । सदरमुकाम तम्घासवाट लामोदुरिमा संचालन हुने केही सवारी साधनहरु फाट्फुट्ट रुपमा संचालनमा आएका थिए ।

शुक्रवार रातीदेखि परेको झरीका कारण सदरमुकाम तम्घास लगायत ग्रामीण क्षेत्रमा निकै चिसो वढेको छ । सदरमुकाम तम्घासमा चिसोका कारण मानिसहरु दिनभर आआफ्नो घरभित्र वसेर आगो तापेर वसिरहेका थिए । अत्यधिक मात्रमा परेको झरीका कारण प्रत्येक शनिवार सदरमुकाम तम्घास स्थित हाटवजारमा लाग्दै आएको तरकारी वजार समेत दिनभर प्रभावित वनेको थियो । वर्षाले सदरमुकाम आवतजावत गर्ने मानिसहरु समेत सनिवार दिनभर अलपत्र परेका थिए भने सदरमुकाम तम्घासमा अत्यधिक रुपमा चिसो समेत वढेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग