Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडीको माघे सक्रान्ति मेला सम्पन्न

Published on 6:13:00 PM //

प्रेम सुनार
माघ १ गुल्मी । चार धाम मध्येको एक धाम मानिने देश कै प्रशिद्ध धार्मिक क्षेत्र गुल्मीको रिडीमा यस वर्षको माघे सक्रान्ति मेला हजारौ भक्तजनहरुको सहभागितामा सम्पन्न भएको छ ।  गुल्मी, पाल्पा र स्याङ्गजाको संगम स्थलका रुपमा रहेको रिडीको मेला भर्न पाल्पाका प्रमुख जिल्ला अधिकारी नवराज वराल, सहायक प्रमुख जिल्ला अधिकारीद्धयः शिवराज जोसी, शिवकुमार श्रेष्ठ , जिल्ला प्रह।री कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक  निरञ्जन ज्ञवाली लगायत कामाण्डौं, स्याङ्गजा , रुपन्देही पोखरा लगायतका स्थानबाट विशिष्ट श्रेणीका ब्याक्तिहरु देखि सर्वसाधरणहरुको सहभागिता थियो ।  
    जिल्ला बाहिरबाट आएका विशिष्ट ब्याक्तिहरुलाई गुल्मीका स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले स्वागत गरेका थिए । परम्परा देखि अपार महिमाका साथ ठुलो मेला लाग्ने रिडीकोा माघे सक्रान्ति मेलामा भारतबाट समेत भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । माघे सक्रान्तिका दिन रिडी र  कालिगण्डकीको संगम स्थल रिडीमा स्नान गरे  पाप नष्ट हुने, मृतक आफन्तजनको आत्माले शान्ति पाउने र आफ्नो मनोकामना पुरा हुने जन विश्वास रहेको छ ।
  माघे सक्रान्ति मेलालाई भब्य बनाउन स्थानियवासीले १५ दिन अघि देखि नै तयारीमा जुट्ने गर्दछन् । मेला स्थानको सरसफाई, टाढा टाढाबाटा आउने भक्तजनलाई आवासको ब्यवस्था लगायत प्रवचनका लागि मञ्च निर्मार्ण गरिएको थियो । मेलामा विशेषतः जनजातीहरुको मौलिक परिकारहरु विक्रि वितरणका लागि राखिएको थियो । गुल्मीको प्रशिद्ध गुण मोलामा प्रदर्शनीको मुख्य आकर्षण बनेको थियो ।
   गुण जिल्लाको थानापति र दिगमामा परम्पार देखि उखु खेतीबाट उत्पादन हुने गर्दछ । त्यस्तै  बासबाट उत्पादित घेरेलु सामाग्री, अन्य घरेलु उत्पादन, परिकार, र रुकुम , डोल्पा, जुम्ला देखिका मानिसहरुले भेडाको उनबाट बुनेका राडी पाखीहरु पनि मेला भर्न जानेहरुको आकर्षणको केन्द्र वनेका थिए ।
  एक दशक अघि सम्म गुल्मी, पाल्पा र स्याङ्गजाका गुरुङ्ग मगरहरुले डम्फु मादलमा भब्य रोदी गाउने चलन रहे पनि अहिले भने राष्ट्रिय कलाकार ल्याएर स्थानिय लोक भाकाहरुलाई उपेक्षा गरिएको पाईयो । रिडी देखि रुद्रवेणी सम्मलाई रुरु क्षेत्र भनिन्छ र जहाँ पौराणीक कथा अनुसार अत्यन्तै महत्वपुर्ण धार्मिक स्थल मानिन्छ । रुरु क्षेत्र रुरु कन्याको जन्म र उनलाई एउटी मृगेनीलो दुध खुवाएर हुर्काएको कथा संग जोडिएको छ ।
   जहाँ उनको मन्दिर, ऋषिकेशव मन्दिर, ऋषि मुनीहरुले तपस्या गरेको ऐतिहासिक गुफाहरु, पारी स्याङ्गजामा भृगुतुङ्गेस्वरको गुफा जस्ता दर्शनिय र ऐतिहासिक महत्व राख्ने स्थानहरु रहेका छन् । जहाँका मन्दिरहरुमा दैनिक पुजा हुन्छ र भक्तजनहरु पनि दैनिक जसो दर्शनका लागि आउने गर्दछन तर ठुलो मेला भने माघे सक्रान्ति र बैशाखे सक्रान्तिमा मात्र लाग्ने गर्दछ । गत वर्ष रिडीको  माघे सक्रान्ति मेला राष्ट्रपति रामशरण यादवले उद्घाटन गरेका थिए ।
  पवित्र धार्मिक क्षेत्र रिडी पाल्पाको तानसेनबाट ३५ कि.मि. पश्चिममा पर्दछ भने त्यहाँ देखि गुल्मीको सदरमुकाम तम्घास ४५ कि.मी उत्तर  पश्चिममा पर्दछ । पौराणीक धार्मिक क्षेत्रको संरक्षणको सुरुवातका क्रममा गत वर्ष नेपाल सरकारको रकमबाट रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समिति गुल्मीले देवदुत पार्क निर्माण गरेपछि घुम्न आउनेहरु पनि बढेका छन् । पार्कको सरकारका मुख्य सचिव लिलामणी पौड्यालले उद्घाटन गरेका थिए । देवदुत पार्क बने पनि रुरु क्षेत्रका अन्य ऐतिहासिक मठ मन्दिरहरु जिर्ण हुँदै गए पछि स्थानियवासी चिन्तीत बनेका छन् । 











Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग