Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुर्जा नपाउँदा धनार्जीवासी चिन्तामा

Published on 6:38:00 PM //

घनश्याम गौतम
गुल्मी, माघ ८ । जग्गा खरिद गरेर घर बनाएका वस्तु ५ धनार्जीका १८ परिवार ४० वर्षसम्म पनि धनीपुर्जा नपाएपछि चिन्तामा परेका छन् । वस्तुको हिमालय प्रावि सञ्चालनका लागि गाविसले धनार्जीको १ सय ५ रोपनी जग्गा उपलब्ध गराएको थियो । विद्यालयले ३० जनालाई ०३९ सालबाट जग्गा बिक्री गर्न सुरु गरे पनि प्रक्रिया नमिलेको भन्दै अहिलेसम्म पुर्जा नदिएको हो । जग्गा खरिद गरेका ३० मध्ये १८ जनाले घर बनाएरै व्यापार व्यवसाय गर्दै आएका छन् । विद्यालयले जग्गाधनी पुर्जा नदिएपछि धनार्जीको सिंगो बस्ती सुकुम्बासी बनेको छ ।

'जग्गा किनेर घर बनायौं, अझै पुर्जा पाइएन,' ६१ वर्षीय दामोदर भण्डारीले भने, 'जग्गा आफ्नो नाममा बनाउने धोको पूरा नहोलाजस्तो छ ।' लामो समयसम्म भारतमा दुःख गरेर आर्जन गरेको २ लाख ५ हजारमा भण्डारीले एउटा घडेरी किनेका थिए । त्यहाँ घरसमेत बनाइसकेकाले लामो समयसम्म धनीपुर्जा नआउँदा समस्या आउने हो कि भन्ने चिन्ताले सधैँ सताएको उनले बताए । विद्यालयसँग खरिद गरेका अर्कै व्यक्तिको जग्गा भण्डारीले ८ वर्षअघि किनेका थिए ।

त्यही जग्गामा १८ जनाले घर बनाइसकेका छन् । बाँकी २२ ले पनि खेतीपाती लगाउँदै आएका छन् । विद्यालयले समयमै चासो दिएर पहल नगर्दा आफूहरू मर्कामा परेको स्थानीय रामप्रसाद भण्डारीले बताए । उनी हिमालय प्राविकै पूर्वशिक्षक हुन् । ०३१ मा हिमालय प्रावि सञ्चालन गर्न आर्थिक अभाव भएपछि गाविसले जग्गा दिएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग