Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समचार प्रभावः श्याम घर्तिलाई थप ८५ हजार सहयोग

Published on 6:33:00 PM //

प्रेम सुनार
गुल्मी, ९ माघ । मुटुमा प्वाल परेर जिवन मरणको दोसाँधमा रहेका तर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गुल्मी हस्तीचौर १ जुकेपानीका श्याम घर्तिको कथा ब्याथा ओझेलका खवरमा प्रशारण भएपछि विभिन्न ब्याक्तिहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । पछिल्लो चरण गुल्मीन्युज डट कमबाट ओझेलका खबरमा श्यामको पिडा सुनेर विदेशमा कार्यरत गुल्मीका केहि ब्याक्तिहरुको अगुवाईमा ८५ हजार रुपैया थप सहयोग भएको छ ।
ईजरायलमा कार्यरत मुसिकोट ५ देउराली निवासी विद्या कार्कीको अगुवाईमा ईजरायल, युरोप र अमेरिकामा कार्यरत नेपालीहरुले ३० हजार रुपैयाँ, कतारमा कार्यरत दर्लामचौर ४ रामकोट गुल्मी निवासी बाबुराम महतले ३० हजार रुपैयाँ, दर्लामचौरकै रामकोट निवासी जगनाथ अधिकारीले १५ हजार २५ रुपैयाँ,
गुल्मीको अर्खले घर भई ईजरायलमा कार्यरत मञ्जु थापाले १० हजार रुपैयाँ सहयोग पठाउनु भएको छ ।
त्यस्तै हस्तीचौर दोहलीका विद्यालय र समाजसेवीहरुबाट करिव २० हजार रुपैयाँ सहयोग भएको श्यामका बाबु आमाले बताउनु भएको छ । ईजरायलबाट कार्कीको अगुवाईमा रुद्रपुर ९ रुपन्देहीकी कविता ढकाल, जोहाङ्ग ७ गुल्मी लामहरी डाँडाकी सिता भण्डारी, हाङ्गपाङ्ग ३ ताप्लेजुङ्गकी सुस्मीता चुँदाली, अमरपुर गुल्मीकी कमला पराजुली, प्युठानकी कमला पुन, ललितपुर पाटनकी रमीता मुल्मी, गंगा, अमृता, माया, वामीटक्सार २ गुल्मीका संगम शाक्य हाल युरोप, बैकुण्ठ रायमाझी वामी गुल्मी हाल युरोप, कैलाश केसी पौदीअमराई ४ शिवालय टोल गुल्मी हाल अमेरिकाबाट रकम संकलन भई एक मुष्ट ३० हजार रुपैयाँ पठाईएको हो । त्यसका अलवा दुवईमा कार्यरत नेपालीहरुबाट गुल्मी सेवा समाज युएईको अगुवाईमा १ लाख ३३ हजार संकलन भई सकेको र थप सहयोग गर्ने क्रम जारी रहेको गुल्मीको हुँगा निवासी समाजका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिएको दुवईबाट गुल्मीटुडेका मानबहादुर कुँवरले बताउनु भयो । यो सहित हाल सम्म २ लाख भन्दा बढि सहयोग श्यामलाई भएको छ ।
उनको फागुन महिनामा गंगलाल हृदय रोग उपचार केन्द्र काठमाण्डौंमा शल्यक्रिया हुँदै छ । त्यसका लागि अढाई लाख डिपोजिट राख्नु पर्ने र थप तिन लाख रुपैयाँ आवस्यक पर्ने अस्पताल श्रोतले बताएको छ । सो रकम श्यामको पुरै सम्पत्ति बेचे पनि नपुग्ने भए पछि ओझेलका खवरको सहारा लिएर सहयोगको याचना गरेका थिए । अहिले सम्म सहयोग गर्ने सहयोग दातालाई उनका परिवारले आभार प्रकट गरेका छन र अरुबाट थप सहयोगको अपेक्षा राखेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग