Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"बुर्तिवाङको विकासको जिम्मेवारी अव यहाँका दलहरुले लिनुपर्ने"

Published on 11:55:00 AM //

राम सुवेदी
पौष २६, बुर्तिबाङ, बागलुङ । बुर्तिबाङ गाउँ विकास समितिमा लामो समयसम्म सचिवको रुपमा काम गर्दे आउनुभएको नन्दराम भुसाललाई विहिबार गाउँ विकास समितिको तर्फबाट विदाई गरिएको छ । उक्त अवसरमा भुसालले, आफ्नो मन्तव्य राख्ने क्रममा  बुर्तिबाङ समग्र विकासको जिम्मेवारी अव यहाँका दलहरुले लिनुपर्ने बताउनुभएको छ ।

    गाउँ विकास समितिले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै उहाँले आफूले यस गाउँ विकास समितिमा लामो समयसम्ँम काम गर्दा कहि कतै दलहरु आपसमा नमिल्दाको अवस्थामा आफूले असहयोग भएको महसुस अनुभव सुनाउँदै उहाँलेै दलका प्रतिनिधिहरुले जति जिम्मेवारी लिएर यहाँको विकास निर्माण तथा सामाजिक उत्तरदायित्व वहन गर्नेहो त्यति आफूले नपाएको भन्दै सबैलाई दत्त चित्त भएर यहाँको समग्र विकासमा एक मनले लाग्न समेत आग्रह गर्नुभएको थियो । भुसाल बढुवा भई अवका दिनमा मालपोत कार्यालय बागलुङमा जाँदै हुनुहुन्छ ।

बुर्तिबाङ गाविसका सचिव जिम्मेवारी पाउनुभएका सचिव पदमलाल भुसालको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न राजनैतिक पार्टी प्रतिनिधि, सरकारी तथा ग्रह्र सरकारी संघ संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, महिला, दलित तथा जनजाति प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेपाली काँग्रेसका पार्टी प्रतिनिधि राम बहादुर कुवँर, नेकपा एमालेका ज्ञान प्रसाद कडेल, एकीकृत नेकपा माओवादीा चित्रबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका धनबहादुर खत्री, नेकपा माओवादीका ओमकुमार नेपाली, नेकपा एकीकृतका बीरबहादुर विश्वकर्मा, बुद्धिजीविका तर्फबाट गौरीश्वर पाण्डे, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङकी निमिक्त कार्यालय प्रमुख लक्ष्मी वानियाँ, बुर्तिबाङ व्यापार संघका दलबहादुर भण्डारी वडा नागरिक मञ्चका तर्फबाट नरबहादुर सुनार, बुर्तिबाङ व्याडमिन्टन संघका अध्यक्ष यामु पौवि, महिला समन्वय समितिका तर्फबाट थुमकला पौडेल, लगाएतले विदाई मनतव्य राख्नुभएको थियो ।

कार्यक्रमका अवसरमा पशुसेवा कार्यालय बुर्तिबाङका प्रमुख श्याम सुन्दर यादव, स्वतन्त्र दलित सञ्जाल बुर्तिबाङका अशोक विश्वकर्मा, महिला प्रतिनिधि कुमारी पुन, जनजाति प्रतिनिधि तोमबहादुर घर्ति मगर लगायतका उपस्थिती रहेको थियो । उक्त अवसरमा विदाई भएर जानुहुने पूर्व गाविस सचिव भुसाललाई सबैले खादा र अविर लगाएर सम्मान गरेका थिए ।  

बुर्तिबाङ राईजिङ युवा क्लवका प्रतिनिधि देव विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक विष्णु विश्वकर्मााले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग