Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपुरै टुङिएको एक साँचो प्रेम कथा

Published on 11:40:00 AM //

प्रेम सुनार
गुल्मी, २६ पुस । सुरुका दिनमा आँखा मात्रै जुध्ने । बोलु–बोलु त लाग्ने तर नजिक परेपछि, मुटु ढुकढुक गर्ने बोल्नै नसकीने । केहि समय यसरी नै छटपटिए उनिहरु मौन प्रेममा । आखिर अब्यक्त प्रेममा कति दिन उकुस मुकुस हुने ? अन्ततः उनिहरु एक दिन सकी नसकी एक अर्का विचको प्रेम ब्यक्त गर्न सफल हुन्छन् ।
विस्तार्रै झाँङ्गीदै गयो उनिहरुको प्रेम । एक अर्का विना बाँच्नै नसक्ने भए । कति बेला भेटु हुने अनि भेट नभए एकछिन मिसकल नआउँदा पनि मन छटपटिने आम जोडीहरु जस्तै हुन्थे उनिहरु पनि । उनिहरुको सपना, जपना र कल्पनामा आफ्नै सुन्दर संसार कोरिदै थियो ।
कहिले आफ्नो सुन्दर घरको चित्र कोर्थे त कहिले छिः यो त मन परेन अर्को बनाउ भनेर च्यात्थे । प्रया हरेको जोडीहरुको प्रेममा उहि खेत बनाउनु कहाँ छ कहाँ छ हत्तपत्त खले गरो भने झै हुन्छ र उनिहरुले पनि पहिल्लै ‘खले गरो’ बनाईसकेका थिए ।
हामी एक अर्का विना बाँच्न सकौला ? उनिहरु कल्पना गर्न पनि सक्दैन्थे र कुनै पनि शक्ति वा कुनै विपत्तीले पनि आफुहरुको प्रेम छुटाउन सक्लान भन्ने कुरामा पनि उनिहरु पत्याउनै सक्दैनथे् । तर एक दिन नपत्याएकै भयो र उनले कल्पनै नगरेको कुरा सुन्नु प¥यो साथीबाट –‘ तिम्रो नवु छैनन् ’ ।
नवु अर्थात उनका प्रेमी नवराज ढकाल उनलाई  सधैका लागि यसरी छाडेकी  अन्तिम एकपटक म यसरी जाँदैछु भन्ने चेष्टा समेत गरेनन् । त्यस अघि घरको एउटा सानो कुरा त ब्यक्त नगरे उकुस मुकुस हुने उनि किन त्यस दिन आफ्नी सृष्टिलाई केहि नभनी देहत्याग गरे त घरमैं ? यो अत्यन्तै रहस्यको विषय बनेको छ ।
घटना स्याङ्गजाको पुतलीवजार नगरपालिका ८ स्थित गत मंगलबारको हो । त्यस दिन १८ वर्षिय नवराज घरमै आत्माहत्या गरेको अवस्थामा फेला पर्छन् । नवराजले केहि नभनी सधैका लागि आफुलाई छोडेकोमा १७ वर्षिया उनकी प्रेमीका सृष्टि पौड्यालका लागि यो संसारै अँध्यारो हुन्छ ।
गरेका ति वाचाहरु सम्झीन्छीन् । हिडेका ति बाटाहरु, बसेका ति स्थानहरुको झझल्को तिरपरतिर आए र्झै आउन थाल्यो आँखामा । रुँदा रुदाँ आशु सकिन थाल्यो रातभर । अरुको वियोग सम्झेर आफुलाई सम्हाल्ने कोशिस नगरेकी होईनन् उनले तर सकिन । अन्ततः उनले नवु तिमी जहाँ छौं म त्यही आउदै छु भनिन र अर्को दिन बुधबार उनले पनि घरमै आत्माहत्या गरिन । यो स्याङ्गजाका प्रेम जोडीको दुखद अन्त्यले स्थानियवासी भावविहल बनेकाछन् यतिबेला ।
समाचारमा उल्लेख जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका अनुसार नवराजले आत्माहत्या गर्नुको कारण खुलेको छैन तर सृष्टिले  लेखेको पत्र अनुसार नवराजको मृत्यु सहन नसकेर उनले आत्महत्या गरेको खुल्न आएको छ । सृष्टिले पत्रमा लेखेकी छन् –‘बाबा, ममी मैले पिडा बाहेक केहि दिन सकिन, उसले मलाई बारम्बार तिमी बिना म बाँच्न सक्दिन भन्थ्यो, उसैले आत्महत्या गरेपछि म को संग बाँच्ने ? मेरो बाँच्ने आधार नै नभएर म पनि यस्तो अवस्था निम्त्याउन बाध्य भएँ । सरी बाबा ममी मैले तपाईलाई ठुलो पिडा दिएँ.............’
उनले यसरी मर्नु अघि लेखेको पत्र अनुसार कारण खुले पनि नवराजले आत्मiहत्या गर्नुको कारण नखुलेको सो कार्यालयका प्रहरी निरक्षक हरि बरुवालले जानकारी दिएका छन् ।
नवराजले आत्महत्या गर्नुको कारण के थियो त ? त्यो प्रहरी अनुसन्धनले पछि देखाउला तर युवा धड्कनहरुलाई यस घटनाले यहि सन्देश दिएको छ कि कुनै पनि तनावबाट आफुले कायर भएर आत्मा हत्या गरियो  भने आफ्नो जोडिको हालत पनि त्यस्तै हुन सक्छ । 
माया गर्ने मान्छेलाई माया दिने हो तनाव होईन । अनि तनावको सामना गर्ने हो त्यसबाट पराजित होईन् ।  आफु मरेर पनि उसका लागि बाँच्नु पर्छ र एक रात बाँचे अग्रक पलाउन सक्छ भन्ने सोचौं । कसैलाई प्रेम गरिन्छ भने आफ्नो ज्यान मात्र आफ्नो होईन, त्यस ज्यान भित्र दुई वटा ज्यान हुन्छन् भन्ने कुरामा स्पष्ट हौं ।  यस्तो नसोची गरिने आत्मा हत्याले आफ्नो जोडी पनि आत्मा हत्या गर्न बाध्य हुन्छ् भन्ने कुरा स्याङ्गजाको यो  घटनाबाट सबले सिकौं ।
अनि एउटा हिन्दी फिल्मको गितमा झैँ स्याङ्गजाकी सृष्टिले–‘मेरी प्यारकी उमर हो ईतनी सनम, तेरी प्यार से सुरु तेरी प्यारमे खतम..........’.पनि नगरौं जवकी उसले आफ्ना बारेमा सोचेन भने उसका खातिर आफुलाई खतम किन गर्ने ? 


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग