Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुर्तिबाङ गाविसमा तीन आर्थिक वर्षको करिव ९ लाख वजेट फरछ्यौट भएन

Published on 11:56:00 AM //

राम सुवेदी
पौष २६, बागलुङ । बागलुङको बुर्तिबाङ गाउँ विकास समितिको गत तीन आर्थिक वर्षको करिव ९ लाख रुपैयाँ वजेट फरछ्यौट नभएको पाइएको छ ।
 गाउँ विकास समितिले आगामी आर्थिक वर्ष २०७०÷७१ को गाउँ परिषदका लागि आयोजना गरेको योजना तर्जुमा गोष्ठिका अवसरमा यस्तो देखिएको हो ।
गाउँ विकास समितिको आर्थिक वर्ष २०६७÷६८ , ६८÷६९ र  २०६९÷७० सम्मको  तीन आर्थिक वर्षमा उक्त वजेट कहाँ कसरी खर्च भयो भन्ने विषयमा विनियोजित वजेट कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिले खर्चको विल भरपाई गाउँ विकास समितिमा बmुभाएका छैनन् भने कतिपय शीर्षको वजेट खर्च नै नगरि उपभोक्ता समितिको खातामा राखिएको छ ।
जस अनुसार  सामुदायिक महिला भवन निर्माणको १ लाख ८६ हजार ६ सय ४, बसपार्क सार्वजनिक शौचालय निर्माणका लागि १ लाख ८३ हजार ९ सय ५०, कृषि संकलन केन्द्रको २ लाख २५ हजार, अपांगताका लागि विनियोजन भएको ५० हजार, महिला सचेतना कार्यक्रमको १ लाख २७ हजार ८ सय १३, सिमलचौर पम्पिङ सिंचाई आयोजनाको ५९ हजार ८ सय ६९, बुर्तिबाङ रिनाम मोटरबाटो निर्माणको ५९ हजार ८ सय ६९ गरि कुल ८ लाख ९३ हजार १ सय १० रुपैयाँ बजेट के कसरी कार्यान्वयन भयो भन्ने विषयमा विल भरपाई गाउँ विकास समितिमा नआएको देखिएको छ ।  
उक्त कार्यक्रममा सम्वन्धित आयोजनाका जिम्मेवार प्रतिनिधिहरुले किन वजेट फरछ्यौट भएन भन्ने विषयमा जानाकारी गराएका थिए । जवाफ दिने क्रममा वडा नं. ५ का नागरिक मञ्चका संयोजक शशीधर चालिसेले मोटरबाटो निर्माणका लागि प्रयाप्त वजेटको व्यवस्था नभएकाले सो बजेट कार्यान्वयन नभएको बताउनुभएको छ । त्यस्तै वडा नं. ४ का वडा नागरिक मञ्चका प्रतिनिधि नविन पुनले पम्पििङ सिचाई आयोजना निर्माणका लागि आयोजनाको सहयोदाताले कम्तिमा पनि गाउँ विकास समितिका तर्फबाट २ लाख वजेट आवश्यक परेको बताएकाले आयोजना सुरु हुन नसक्दा वजेट कार्यान्वयन नभएको बताउनुभएको छ । 
त्यस्तै लक्षित समुह तर्फको अपांगताका लागि विनियोजन भएको वजेट, समितिका विवाद देखिएकाले खर्च नभएको,  महिला तर्फको भवन निर्माणको वजेट खर्च भएको तर विल भरपाई बmुभाउन वाँकी रहेको र शौचालय निर्माणको वजेट दलहरुले नै खाल्डो खन्ने र पुर्ने गरेर विवाद गरेका कारण केही खर्च भएको केही वाँकी रहेको महिला प्रतिनिधि कुमारी पुनले बताउनुभएको छ । अर्कातिर महिला सचेतना कार्यक्रमको वजेट आफै महिलाहरु निष्कृय भएका कारण बजेट कार्यान्वयन नभएको बताइएको छ । कृषिको वजेट गाउँ विकास समिति स्तरीय कृषि समितिको बैठक नवसी कार्यान्वयन नभएको पाइएको छ ।
कार्यक्रमका गाउँ विकास समितिका वडा नागरिक मञ्चका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनैतिक पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गाउँ विकास समितिका सचिव पदमलाल भुसालको अध्यक्षता, सामाजिक परिचालन विष्णु विश्वकर्माको सञ्चालनको उक्त योजना तर्जुमा भेला  सम्पन्न भएको छ ।
भेलाले आगामी पौष २६ गते सम्म फरछयौट नभएका योजनाका विल भरपाई गाउँ विकास समितिमा बुझाउने, २७ गतेसम्म अन्य संघ संस्था तथा लक्षित समुहको कार्यायोजना सहितको बजेट मागको निवेदन बुझाउने तथा पौष २९ गते गाउँ परिषद गर्ने निर्णय गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग