Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गन्धर्वहरुको गाईने पेशा लोप हुने अवस्थामा, उचित संरक्षण र सम्बर्द्दनको खाँचो

Published on 6:42:00 PM //

कृष्ण बिसी 
नवलपरासी, माघ ४ । कुनै समय समाजको हरेक गतिबिधी समेटी आप्नो आवजमा गित प्रस्तुत गर्दै सारङ्गी रेटेर आप्नो जिवीकोपार्जन गर्दै आएका नवलपरासीका गन्र्धव समुदायहरुको पेशा यतिबेला ओझेलमा परेको छ । बजारमा आएका सिडी, क्यासेट र एफएमले गीत बजाइदिन थालेपछि सारंगी रेटेर जीवन निर्वाह गर्दै आएको पुख्यौली पेसा हराउँदै गएपछि गन्र्धभहरु चिन्तामा छन् । गाउँघर सहरमा सांरगी बज्न छाडेका छन् । रेडियो, टिभी र क्यासेट सिडी नआउँदासम्म यो पेसाले चर्चा पाएको तर अलिे यो पेशा छाडनुपर्ने बाध्यताले सस्कृती समेत लोप हुने अवस्थामा पुगेको नवलपरासी धुर्कोटका बिर बहादुर गन्र्धभको भनाई छ । केही ठाउमा मात्र अन्य बिकल्प नभएका गाइनेहरुले यो पेशालाई निरन्तरता दिएका छन । राजनीतिक पार्टीका ठूला सभा–सम्मेलनको उद्घाटनमा सांरगी बजाएर गीत गाउन गन्धर्व जातिलाई बोलाउनसमेत छाडिएको छ । दुख पिडा र दर्दलाई आप्नै लयमा ढाल्दै गित प्रस्तुत गरेर आप्नो जिवीकोपार्जन गर्ने गरेका गन्र्धवहरु राज्यले वेवास्ता गरेकै कारण आफुहरु यो पेशाबाट लोप हुने अवस्थामा पुगेको ३९ बर्षिय बिरबहादुर गन्र्धवको बुझाई छ । कहिले कसैको घरमा, कहिले गाडीमा आप्नो प्रतिभा पोखिहाल्ने गन्र्धभहरु आजभोली त्यती साह्रो देखिदैनन । पहिचान र सस्कृती जुनसुकै समुदायको भएपनि यसको सरक्षण र सर्वद्धनका लागी राज्यले उचित पहलकदमी अगाडी बढाउनुपर्ने आवाश्यक छ ।जिल्लाको सुनवलको तिल्कान,ससांरकोट,धुर्कोट,देवचुली लगाएतका क्षेत्रमा गन्धर्व समुदायको बसोवास रहेको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग