Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरबाट लडेर एक महिलाको मृत्यु

Published on 5:45:00 PM //

प्रेम सुनार
गुल्मी, २९ पुस । गुल्मीको हाडहाडेमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । हाडहाडे गाविस २ निवासी ६६ बर्षिय मानकुमारी घर्ति मगरको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आईतबार साझँदेखि बेपत्ता बनेकी मान कुमारीको शव सोमबार दिउँसो चिहान डाडाँ खोल्सामा फेला परेको थियो । शवको सोमबार जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाइएको छ भने घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग