अर्काकी श्रीमतीको टाटु आफ्नो छातीमा खोपेपछी......
Published on
2:21:00 AM //
अनौठो समाचारको कुनै देश वा सीमा हुँदैन भनिन्छ। यस्तै अनौठो समाचार नेपालमै घटेको छ। आफ्नै मित्रको श्रीमती मन पराएपछि छातीमा टाटु खोपेको आरोपमा नेपाल प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
काभ्रे जिल्ला निवासी कुमार केसीलाई सो अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उनले छातीमा एक महिलाको तस्बिर खोपाएका छन्। सार्वजनिक अपराधअन्तर्गत केसीलाई पक्राउ गरिएको प्रहरी अधिकृत अरुणकुमार बीसीले बताए। छातीमा महिलाको टाटु खोपाउँदा पक्राउ गर्ने कानुन नभएकाले उनलाई सार्वजनिक अपराधअन्तर्गत पक्राउ गरिएको बीसीले बताए। चार वर्षदेखिको आफ्ना मित्रको श्रीमती राम्री लागेकाले छातीमा उनकै टाटु खोपाएको केसीले स्वीकारेका छन्।

0 प्रतिकृयाहरु