Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पश्चिममा पेट्रोलियम ढुवानी ठप्प

Published on 7:48:00 PM //

बुटवल, पुष २९  । पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघले सोमबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेको छ ।
संघले अनिश्चितकालका लागि भन्दै पेट्रोलियम पदार्थको ढुवादी ठप्प पारेको हो । नेपाल आयल निगमसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै संघले ढुवानी थप्प पारेको संघका अध्यक्ष राकेश कशौधनले बताउनुभयो ।
४० प्रतिशत ढुवानी हुने नवलपरासीको पूर्वी क्षेत्र दुम्किवास, गैंडाकोट क्षेत्रमा अमलेखगंजबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरिएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो । भलवारी डिपोबाट ढुवानी हुदै आएको यो क्षेत्रमा आयल निगमले पुस २१ गतेदेखि अमलेखगंजबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरेको थियो ।
पुस २५ गते ट्यांकर व्यवसायी र आपुर्ती सचिवबीच भलवारी डिपोबाटै ढुवानी गर्ने सहमति भएपनि कार्यान्वनय नभएको भन्दै आन्दोलन गर्न बाध्य भएको संघका अध्यक्ष कशौधनले बताउनुभयो ।
पश्चिमाञ्चल ट्यांकर व्यवसायीले रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रोल्पा, प्यूठान, बागलुङको बुर्तिवाङमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको छ ।
भारतको उत्तरप्रदेशको बैतालपुरबाट दैनिक ४० ट्यांकरले भलवारी डिपोमा पेट्रोलियम पदार्थ ढुवानी हुने गरेकोमा भलवारी डिपोबाट १० जिल्लामा दैनिक ३५ ट्यांकरले ढुवानी गर्ने गरेका छन् । संघमा दुई सय ६० ट्यांकर आवद्ध छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग