Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटिको बैठक सम्पन्न

Published on 6:11:00 PM //

नरेश भण्डारी
गुल्मी, माघ ११ । नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटिको पूर्णबैठक कमिटीका अध्यक्ष लक्ष्मण पराजुलीको अध्यक्षता र जिल्ला अध्यक्ष टोमलाल पान्डेको प्रमुख आतिथ्यता तथा सचिव सोमनाथ सापकोटाको विशेष आतिथ्यतामा ०७० माघ ११ र १२ गते धनार्जिमा सम्पन्न भएको छ ।
बैठकले संविधान सभा निर्वाचन २०७० को समिक्षा गर्दै एमालेको सहि नीति, सुदृढ संगठन, योग्य उमेदवार, कर्मनिष्ठ कार्यकर्ता र विवेकशिल मतदाताका कारण सूर्य ध्वजाबाहक उमेदवारको विजय सम्भव भएको निस्कर्ष निकालेको छ ।
बैठकले आम मतदाता, निर्वाचनमा खट्ने नेता कार्यकर्ता, निश्पक्ष निर्वाचन गराउने मतदानमा खटिने कर्मचारी, सुरक्षा निकाय र राजनीतिक संस्कारका साथमा सहभागि हुने विपक्षि दलका नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
बैठकबाट माघ फागुन र चैत महिनामा संगठन सुदृढिकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय भएको कार्यवाहक अध्यक्ष लिलबहादुर अधिकारीले जानकारी दिनुभयो ।
अभियान सञ्चालन गर्न नेटा र पौंदिअमराइमा ढालबहादुर केसी, दर्लिङ्गमा दलबहादुर परियार, ह्वाङ्गदी र अर्खावाङ्गमा हिरालाल अर्याल, नयाँगाउँमा हिराबहादुर थापा, पिपलधारा ललिता गौतम, जैसिथोक उमाकान्त पोखरेल, हाडहाडे धुर्कोट रजस्थल नविन शार्मा, बस्तु योगेन्द्र भण्डारी, हस्तिचौर जगत केसी, भनभने र पूर्कोटदह तोकम कुँवर, मलागिरी र म्यालपोखरी सरिता खड्का, आग्लुङ्ग बाँझकटेरी केशव चन्द, सिर्सेनी मानध्वज जिसी, मरभुङ्ग सिवबहादुर सुनार, घमिर दुर्गा घिमिरे, छापहिले सरश्वती गिरी, अर्जै अमरपुर नारायण पराजुली, इस्मारजस्थल दोहोली नारायण पैयानी र दर्लामचौरमा कृष्णरायमाझि खटिनुहुने निर्णय भएकोछ ।
यस्तै अभियानको शिलशिलामा इलाका स्तरिय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरेको छ । जसमा फागुन २ गते जैसिथोकमा इलाका नं. ११ को, फागुन ३ गते पूर्कोटदहमा इलाका नं. १२ को, फागुन ७ नेटाको जैसिपोखरामा इलाका नं १० को र फागुन १० गते अर्जैमा इलाका नं. १३ को इलाका भेला सम्पन्नछन् ।
यस्तै यस कमिटिका अध्यक्ष लक्ष्मण पराजुली जिल्ला कमिटिको सचिवालय सदस्यमा मनोनित हुनु भएकोमा सफल कार्यकालको शुभकामा तथा विगतमा क्षेत्रीय कमिटको अध्यक्षभई खेल्नुभएको भूमिकाको गदर सहित हार्दिक विदाई गर्दै उपाध्यक्ष लिलबहादुर अधिकारीलाई कार्यवाहक तोक्ने निर्णय गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग