Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सम्झनामा मेरो रेसुङ्गा

Published on 5:18:00 PM //

-संगिता कुवँर 
प्राकृतिक सौन्दर्यता, अग्लो शिर, ऐतिहासिक ठाउँ, मेरो रेसुङ्गा मंसिरको दोस्रो साता मलाई छोडी नजाउ भन्दै टुलुटुली हेरिहेको थियो । पारी पट्टीको अर्जुनको डाडाँले मुस्कुराउँदै मलाई छोडी कहाँ जान लागेको? प्रश्न गर्दै थियो । गन्त्व्यहिन यात्रा जिवनकालको एउटा क्षण ५ दिने अफिसको बिदा सहित काठमाण्डौंको यात्रा तय गरेकी म आज फेरी रेसुङ्गाको यादमा छटपटाइरहेकी छु । राती सुत्छु निद्रा लाग्दैन कस्तो भए होला मेरो रेसुङ्गा मलाई सम्झँदो होला कि नाई कि बिर्सिसक्यो होला यि र यस्ता प्रश्न  मनमनमा सलबललाई रहेछन् । निदाउछुँ सपनीमा भएपनि हरियाली डाडाँकाडा संगै हासिरहेको रेसुङ्गा देख्दा शित्तल हुन्छ मन पनि,अनि मेरो दैनिकी सुरु हुन्छ, कहिलकाहि त मैले पनि बिर्सदी रैछु रेसुङ्गालाई अनि नाई बिर्सन हुदैन भन्दै आफैलाई सचेत पनि बनाउछु । अनिश्चत यात्रा मेरो ठाउँ मेरो गर्व मेरो रेसुङ्गा अनि मेरै गुल्मी याद र सम्झना ताजै छ । काठमाण्डौं छिरेको करिव २ महिना पुग्नै आटेको छ । तर काम पढाई र भौतिक शरिर काठमाण्डौ भएनी सम्झना र माया गुल्मी कै, सायद मलाई पनि माया गर्ने भएर यति याद आएको होला । करिब चार बर्षे तम्घासको बसाईले नै मलाई यति माया र सम्झना योग्य बनाएको होला । रेडियोमा काम गर्दा पनि साथ सहयोग प्रोत्साहन सबै धन्यबादका पात्र बन्नु भएको छ । संगै निरुत्साहीत पार्नेलाई पनि सम्झना, पौष महिनामा सुन्तला खान भाडगाउँ झरेको याद पनि ताजै छ । अनि चिदिचौरको छेउमै बसेर बदाम र चाटको स्वाद लिएको त म जहाँ भएनि बिर्सनै सक्दीन् । 
रेडियोमा काम गर्दा पनि माया, प्रोत्साहन गर्ने सबैले धन्यका पात्र हुन् । हिजो म गुल्मीको पश्चिमी गाविस हस्तिचौरमा जन्मीएर पढ्न भनेर सदरमुकाम छिरेकी म आज फेरी पढाई कै दौडानमा काठमाण्डौं आइपुगेकी छु । हुनत मानिसका आफना बिचार हुन्छन् । मेरो बिचारमा जिबन भनेको अध्ययन हो । अझ बुभmदै छु पढाईको महत्व जब जब म केही कुरा जान्न खोज्छ अभाव महशुस पढाई कै, रत जिवन पढाई, अरु भन्दा फरक हुन आफुमा अरु भन्दा बढि ज्ञान पनि चाहिन्छ । अहिले म पत्रकारीतामा स्नातक प्रथम बर्षमा अध्ययन गर्दै छु । संगै युवाको नेटवर्कमा पनि बिचार संकलन गर्ने काम गर्छु । कहिलेकाही जनचासोका बिषयमा बोल्न र आफनो बिचार ब्यक्त गर्न मन पनि लाग्छ । कुनै दिन मेरो परिश्रम र मिहिनेतको फलले मेरो रेसुङ्गाले पनि गौरव गर्न पाउने छ । रेसुङ्गा तिमि कसैको अगाडी नझुक्नु सधै गुल्मी भित्रीनेहरुलार्ई तिम्रो मुस्कानले स्वागत गरोस् मेरो कामना ।।


हस्तिचौर २ हर्पुकोट गुल्मी
हाल स्नातक प्रथम बर्ष ‘पत्रकारीता’ 
पशुपति बहुमुखी क्याम्पस 
चावहिल काठमाण्डौ

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग