Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहकारीमा सचिव पदका लागि चुनाव लडालड

Published on 7:11:00 PM //

प्रेम सुनार
गुल्मी, १२ माघ । गुल्मी जिल्लाका सहकारी संस्थाहरुको ईतिहाँसमा दोश्रो पटक पदका लागि सहमति जुट्न नसके पछि चुनाव गरिएको छ । यसरी दोश्रो पटक एक पदका लागि मतदान गराउनु परेको हो गुल्मी युनाईटेड वचत तथा सहकारी संस्था लिमिटेड तम्घासले । त्यो पनि साधरण सभा सम्पन्न भएको झण्डै एक महिना पछि सचिव पदका लागि शनिवार दुई उमेदवार विच  मतदान गराईएको हो ।
अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पुस गते सम्पन्न सो संस्थाको छैंठौं साधरण सभाले सर्व सम्मत निर्वाचित गरे पनि सचिव पदका लागि गुणानिधी पाण्डे र पदमप्रसाद पाण्डे दुवैले दावी नछाडो पछि शेयर सदस्य विच मतदान गराउन परेको मतदान अधिकृत भिम न्यौपानेले जानकारी दिए । उनका अनुसार शेयर सदस्यबाट खसेको ७० प्रतिशत मत मध्ये गुणानिधीले २ सय ६१ मत ल्याएर सचिव पदमा विजयी भएका छन भने उनका प्रतिद्धन्द्धी पदमप्रसादले १ सय ३३ मत ल्याई हार बेहोरेका छन् । संयोग ति दुवै प्रतिद्धन्द्धी रेसुङ्गा बहुमुखी क्याम्पसका प्राध्यापकहरु हुन् ।
  अध्यक्षमा भने राजकुमार श्रेष्ठ  उति बेलै सर्व सम्मत चुनिएका हुन् । त्यस्तै उपाध्यक्षमा श्यामकुमार पाण्डे, कोषाध्यक्षमा एमकला मरासीनी सर्व सम्मत चयन भएका थिए ।  सदस्यहरुमा युवाराज पाण्डे, नारायण बराल, गोपाल थापा, सिता आर्चाय, कृष्ण वेलवासे, मोती मरासीनी, झविन्द्र बिश्वकर्मा, रामप्रसाद पन्थी र ज्ञानराज मरासीनी सर्व सम्मत चयान भएका थिए ।
   ६ वर्ष अघि विस–पच्चीस हजार रुपैयाँ संकलनबाट सुरु भएको यो् संस्थाले अहिले १५ करोड भन्दा बढिको कारोवार गर्न थालेको छ । सो रकम आन्तरिक ऋण प्रवाह गरी शेयर सदस्यको ब्यापार ब्यवसाय बढाउने काम भएको नव निर्वाचित अध्यक्ष श्रेण्ठले बताए । निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पाण्डेले ६ वर्ष सम्म दुई कार्यकाल पुरा गरी साथीहरुलाई नेतृत्व सुम्पेको बताइएको् छ । गुल्मीली सहकारी संस्थाको ईतिहाँसमा यस अघि पहिलो पटक लेकाली बहुउद्देस्य सहकारी संस्था तम्घास कै साधरण सभामा अध्यक्ष पदका लागि चुनाव भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग