Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी मेलाको तैयारी पुरा

Published on 1:58:00 PM //

शिबलाल सुबेदी
गुल्मी ३० पुस, माघे सक्रान्तिको अवसरमा लाग्ने रिडी मेलाको तैयारी पुरा भएको छ । माघेसक्रान्तिको अवसरमा रुरुक्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको मेला मूल आयोजक समितीले जनाएको छ ।

गुल्मी, पाल्पा,र स्याङ्गजा जिल्लाको सगंमस्थलका रुपमा रहेको चारधाम मध्येको एक धाममा परिचित रुरु क्षेत्रमा स्नान तथा पुजाआजा गर्नका यस क्षेत्रमा माघे सक्रान्तिमा रिडीमा ठुलो मेला लाग्ने गर्दछ । अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि रुरु क्षेत्रको थप विकास तथा प्रचार प्रसार गर्ने उद्देश्यका साथ माघेसक्रान्ति मेला गन लागिएको मेला ब्यवस्थापन समितीले जनाएको छ । मेलाको अवसरमा रुरु क्षेत्र सरसफाई , सडक मर्मत, लगायतका बिभिन्न कामहरु सम्पन्न भएका छन । मेलामा कृषि प्रदशनी, लगायत घरेलु उत्पादनहरुलाई प्रोत्साहन दिने बताइएको छ । यस बर्ष अघिल्ला बषको तुलनामा मेला फरक र आर्कषण हुने आयोजकले दावी गरेको छ । मेलाको आकर्षणका रुपमा यस पटक गुल्मीको रुद्रबेणीदेखि रिडीसम्म कालीगण्डकीमा ¥यापटिङ्ग रहेको छ । चार धाम मध्येको एक धामको रुपमा परिचित यस रुरु क्षेत्र कालीगण्डकीमा स्नान गन तथा पुजाआजा गर्न माघेसक्रान्तिको अवसरमा देश तथा बिदेशबाट समेत श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिती हुने भएकाले यहाँ खानेपानी, स्वास्थ्य, प्रचार–प्रसार, स्यमसेवक, ब्यवस्थापन, सुरक्षा, धार्मिक लगायतका बिभिन्न उप–समिती समेत गठन भएर काम गरिरहेको समितीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार मेलामा बिभिन्न क्षेत्रका मानिसहरुको जमघट हुनाले कुनै पनि घटनाहरु नघटोस तथा श्रद्धालु भक्तजनहरुले कालिगण्डकीमा नुहाउने तथा मन्दिरमा भगवानको दर्शन गर्न सजिलो होस भन्नका लागि अघिल्लो बर्षको तुलनामा यस बर्ष केही प्रहरीहरुको सख्या समेत थपिने बताइएको छ । त्यस्तै बिगतका बषहरुमा जस्तै यस बर्ष तीर्थस्थलमा मदिराजन्य पदार्थहरु बिक्रि बितरणमा रोक लगाइएको छ ।

रुरु क्षेत्रमा रुरु कन्याको मन्दिर, ऋषिकेशव मन्दिर, ऋषिहरुले तप गरेको गलफूल गुफा, भृगुतुङ्गेश्वर गुफा जस्ता स्थलहरु दर्शनिय छन । यस क्षेत्रमा माघे सक्रान्ती, वैशाखे सक्रान्ती आदिमा ठूलो मेला लाग्ने गर्दछ । यस क्षेत्रमा सांस्कृतिक झाँकी, कौडा, झ्याउरे, कालिका नाच प्रदर्शन हुन्छ । मेला भने नेपालका धेरै स्थान भारत र विदेश बाट समेत तिर्थालुहरु आउँछन् । यो मेलामा धेरै मानिसको जमघट हुने भएकोले तिर्थब्रतको लागी आएका भक्तजनहरुले करौँडौँको व्यापार समेत गर्दछन् । व्यापारका लागी पनि नेपालको हुम्ला, जुम्ला र रुकुम रोल्पा तथा बाग्लुङ्ग लगायतका जिल्लाहरुबाट व्यापारीहरुले हातैले बुनेका राडीपाखी, काम्लो र चोयाँचित्राका सामान लिएर आउने गर्दछन् । क्षेत्रको अर्को विशेष अर्थ ‘तीर्थस्थल’ या ‘पूण्यधाम’ पनि हो । पाल्पाको तानसेनवाट ३५ कि.मि. पश्चिममा रहेको रिडीवजार गुल्मीको प्रवेशद्वार हो । रिडीवाट तम्घास, रुद्रवेणी हुँदै वामीटक्सार, तम्घासवाट अर्घाखाँची जाने वाटाहरु निर्माण भएका छन । रिडीवाट ४५ कि.मि.को दूरीमा गुल्मीको सदरमुकाम तम्घास बजार रहेको छ । माघे सक्रान्तिको अवसरमा रिडीमा रहेको रुरु फेन्ड क्लवले माघ १ गते देखि ५ गतेसम्म राष्ट्रिय स्तरका कलाकारहरु ल्याएर सास्कृतिक कार्यक्रम समेत गर्ने जनाएको छ ।  गत बर्ष माघेसक्रान्तिको अवसरमा राष्ट्रपति डाक्टर रामबरण यादव समेत यस क्षेत्रमा स्नान तथा पुजाआजा गर्न आउनु भएको थियो ।




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग