Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यात्रु बनेर लुटेराले मच्चाए गुडिरहेको रात्रीबसमा लुटपाट

Published on 3:03:00 AM //

गएराति पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र महोत्तरी जिल्लाको सीमामा पर्ने जंगलमा एक यात्रुबाहक बसमा लुटपाट भएको छ । हतियारधारी लुटेराले काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ४ ख १५०१ नम्बरको बसमा लुटपाट गरेका हुन् ।
बसमा सवार यात्रुका अनुसार काठमाडौंको कलंकीबाट चढेका चार जना र हेटौंडाबाट चढेका पाँचजना लुटेराले सर्लाहीको फुलजोरबाट पूर्वतर्फको जंगलमा पुगेपछि हवाइ फायर गर्दै गुडिरहेको बसमा लुटपाट गरेका हुन् । उनीहरुले यात्रीसँग रहेका नगद र जिन्सी लुटेर लगेको प्रहरीले जनाएको छ । बर्दिबास पुग्नु अगाडी जंगलमा बस रोकि लुटेराहरु भागेको पीडित यात्रुले बताए । सर्लाही र महोत्तरी जिल्लाको प्रहरी टोलीले घटनाबारे अनुसन्धान थालेको जनाइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग