Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अडियो रिपोर्ट: सहिद परिवार नै सोध्छन् आज के को विदा हो ?

Published on 3:28:00 AM //


तम्घासको सहिद चोकमा सहिद सम्शेरबहादुर खत्रीको सालिकमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले आज विहान माल्यार्पण गर्दै थिए । मोटाघाटा, कोट पाईन्टमा सजिएका उनिहरु माल्यार्पण पछि सकियो सहिदका कुरा अनि समुह समुहमा आफ्नै गफ चलाउँदै थिए । ठिक त्यति नै बेला एक जना माओवादी नेता वाईक घुईकाउँदै आए र चिया पसलमा पसे । लगत्तै एक जना एमाले नेता वाईकमै आएर कफी मागे । सहिदको सम्मान कार्यक्रमा सकियो । त्यस्तै १० बज्न आँटेको थियो एक जना सहिद परिवारका बृद्धले जिल्ला प्रशासन कार्यालय अगाडी आएर सोधे–‘सवै कार्यालयहरु बन्द रहेछन् आजको के को विदा हो बाबु’ भनेर ।
बल्ल सहिद दिवसको समाचार भित्रको समाचार लेख्न ति बृद्धले झझल्काए । त्यसका लागि धेरै टाढा जान परेन् । हामीले गुल्मीको सदरमुकाम तम्घासका मजदुरहरुसंग पहिला बुझ्यौ कि उनिहरु सहिद परिवार हुन् होईनन् । अनि हामीले ति मध्येका सहिद परिवार र एक जना द्धन्द्ध पिडित महिलासंग सोध्यौं आज के को विदा भएर होला सरकारी कार्यालय बन्द भएको भनेर । उनिहरुले थाहै छैन भने ।
त्यसपछि मैले वाईकमा आउने ति माओवादी नेता, मन्त्री भन्दा अझ जमेका कांग्रेस नेता, एमाले नेता र ति सहिद परिवारको जिवन स्तर दाँजेर हेंरे र धिक्कार छ भन्ने महशुस गरे । यो देशको परिवतर्नका लागि छोरा छोरी गुमाउने ति सहिदका परिवारको खुट्टामा चप्पल छैन् विहान खाए बेलुका के खाउँछ । तर उनिहरु भने चप्पलबाट जुत्तामा पुगे, जुत्ताबाट वाईकमा पुगे अनि अरु दलका कुनै नेताहरु न जागिर न कुनै ब्यवसाय कसरी त्यत्रो महल ठडाए त भन्ने कुराले म अचम्भीप्त भएँ ।
अझ अचम्म त तव लाग्यो जव रेडियो गुल्मीमा सहिद दिवस सम्वन्धी समाचार प्रशारण भयो । किन ? हामी पनि त्यो कार्याक्रममा अतिथी थियौं हाम्रो नाम त छुटाईएछ नि, ठिकै छ भनेर गुनोसो गरियो । गजव छ बा । सहिद दिवसमा सहिद परिवार नआउनु त ठिकै छ उनिहरुले आज सहिद दिवस हो भन्ने कुरा समेत थाह पाउन सकेनन् भने कसैलाई सालिकमा अझ भनौं लास माथी फुल राखेको नाम समेत नआएर गुनासो । सुनौ सहकर्मी प्रेम सुनारले उनै सहिद परिवारसंग आज के को विदा हो भनेर सोधेको कुराकानी जस्ताको त्यस्तै:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

Tags: ,

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग